IME Life

नेपालबाट पहिलो पटक एमडीआरटीमा छनोट भएका रेग्मी २१ वर्षमा संस्थानबाटै १६ औ पटक सर्वोत्कृष्ट

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको ५५ औं वार्षिकोत्सव समारोहमा बुद्धि प्रसाद रेग्मी सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने अभिकर्ताको तर्फबाट सम्मानित भए । उनको यो पहिलो सम्मान भने होइन । रेग्मीको यो लगातार १६ औ पटकको सम्मान थियो । संस्थाले हरेक वर्ष  सर्वाधिक धेरै बीमा शुल्क आर्जन गर्ने १० अभिकर्तालाई सम्मान गर्ने गरेको छ । रेग्मी लगातार १६ वर्षदेखि उत्कृष्ट १० भित्र पर्दै आइरहेका छन् ।  यो सम्मान काम प्रतिको लगाव, इमान्दारीता र लगनशीलताको उपज भएको रेग्मी बताउँछन् ।

Prabhu
Crest

रेग्मीको जन्मथलो तेह्रथुम भएपनि कर्मथलो भने काठमाडौंलाई बनाउदै आएका छन् । स्नातकोत्तर अध्ययनका लागि तेह्रथुमबाट काठमाडौं प्रवेश गरेका उनी अन्तत बीमा संस्थानमा सफल अभिकर्ताको रुपमा स्थापित भए । उनले बीमा अभिकर्ता पेशालाई अंगालेको २१ वर्ष पूरा भएको छ । यस अवधिमा उनले १० हजार जनाको बीमा गरिसकेका छन् । उनले अभिकर्ता पेशा अंगालेदेखि हालसम्म करिब तीन सय जनाको बीमा पोलिसी परिपक्व भइसकेको छ ।

यसरी सुरु भएको थियो रेग्मीको अभिकर्ता यात्रा

रेग्मी तेह्रथुमदेखि उच्च शिक्षा हाँसिल गर्न २०५० सालमा काठमाडौं आएका थिए । सुरुवातमा उनले शिक्षण पेशालाई अंगालेका थिए । २०५० सालदेखि २०५९ सालसम्म उनले ग्यालेक्सी पब्लिक स्कुलमा शिक्षकको रुपमा काम गरे ।

२०५४ सालमा रेग्मी र उनकी श्रीमती मन कुमारी निरौलाले एक साथ स्नातकोत्तर गरेका थिए । २०५७ सालमा नेशनल लाइफ इन्स्योरेन्सबाट अभिकर्ताको लाइसेन्स लिएपछि उनको अभिकर्ता यात्रा सुरु भएको रेग्मी बताउँछन् । शिक्षण पेशाबाट राम्रै आम्दानी भएपनि जीवनमा बीमाको उपयोगीता उच्च भएको महसुस भएसँगै अरुलाई पनि बीमाबारे जानकारी दिने उदेश्यले अभिकर्ता क्षेत्रमा लागि परेको उनको भनाई छ ।

नेशनल लाइफमा काम गर्दै गर्दा उनले बीमा क्षेत्रको बारेमा धेरै कुरा सिक्ने मौका पाएका थिए । तर निजि क्षेत्रका बीमा कम्पनीमा काम गर्नु उचित नलागेपछि राष्ट्रिय बीमा संस्थानमा अभिकर्ताको रुपमा प्रवेश गरेको उनी सुनाउँछन् ।

निजि बीमा कम्पनीबाट सरकारी कार्यालयमा अभिकर्ता बनेर काम गर्दै गर्दा धेरै वेथिति पाएको उनी सम्झिन्छन् । सरकारी कर्मचारीले सानो काम गर्न समेत झुलाइरहने प्रवृत्तिप्रति उनमा वितृष्ण नजागेको भने होइन । जसकारण ६ महिनापछि उनी पुनः निजी कम्पनी नेपाल लाइफ इन्स्योरेन्समा फर्केका थिए । नेपाल लाइफमा चार वर्ष काम गर्दा उनले प्रत्येक वर्ष प्रथम स्थान हाँसिल गर्न सफल भएका थिए । नेपाल लाइफबाट पहिलो पटक (नेपालकै पहिलो) एमडीआरटीको लागि पहिलो नम्बरमा उनको नाम सिफारिस भएको थियो ।

निजि कम्पनीले अभिकर्ता र बीमितलाई ‘चिटिङ’ गर्ने तथ्य थाहा पाएपछि उनी पुनः बीमा संस्थानमै फर्के । सरकारी बीमा संस्थानलाई अघि बढाउनुपर्छ भन्ने मान्यताले उनी सोही संस्थानमा अभिकर्ताको रुपमा सक्रिय भएर लागि परेको बुद्धि प्रसाद रेग्मीको भनाई छ । उनको अठोट र प्रतिबद्धताले १६ वर्षसम्म निरन्तर प्रथम स्थान हाँसिल गर्न सफल भएका छन् । उनी मात्र होइन उनकी श्रीमतीले पनि विगत १६ वर्षदेखि निरन्तर सम्मान ग्रहण गर्दै आइरहेकी छिन् ।

बार्षिक ५० करोड बराबरको बीमा शुल्क संकलन

अभिकर्ता पेशा सुरु गरेदेखि हालसम्म उनले १० हजार जनालाई बीमा पोलिसि बेच्न सफल बनेका छन् । हाल उनले मासिक रुपमा ६ सय जनाको बीमा शुल्क संकलन गर्ने गरेका छन् । उनले बार्षिक रुपमा लगभग ५० करोड बीमा शुल्क संकलन गर्दै आएको उनको दाबी छ । उनको पोलिसी बिक्रि शहर केन्द्रित भएकोले पनि बीमितको संख्या उल्लेख्य रहेको उनी बताउँछन् । वार्षिक रुपमा उनले तीन सय भन्दा बढी बीमा म्याचुरिटी गराउँदै आएको उनको भनाई छ ।

बार्षिक १७ जना गरिब दुखिको प्रिमियम तिर्छन् रेग्मी

बीमा अभिकर्ता पेशालाई कल्याणकारी पेशाको रुपमा लिने रेग्मी मानव सेवालाई पहिलो स्थानमा राख्छन् । आयोस्रोत नभएका र दुखः पाएका मानिहरुलाई प्रत्यक्ष सहयोग गर्ने उद्देश्यले १७ जनालाई रेग्मी आफैले बीमा गरिदिएका छन् । जस बापत उनले बार्षिक १० लाख रुपैयाँ प्रिमियम तिर्दै आएका छन् । अरुको सिफारिसमा आएका गरिबलाई भने उनले बीमा गराएका छैनन् । तर उनको आँखै अगाडी परेका र प्रत्यक्ष देखेका गरिब दुखिको मात्र बीमा गराएको उनी सुनाउँछन् ।

यति मात्र नभई उनले हालसम्म ३ जना वेसाहारा वालिकालाई अपनाएको रेग्मीको भनाई छ । उनले अपनाएका एक छोरीलाई भने उनी आफैले विवाह गरेर पठाइसकेका छन् । बाँकी दुई जना भने पढ्दै गरेको उनले बताए । उनको आफ्नै भने एक छोरी र एक छोरा रहेका छन् ।

रेग्मीका अनुसार अभिकर्ता पेशा इमान्दारीताको पेशा हो । बीमा अभिकर्ता बीमित र बीमा कम्पनीबीचको पुल हो । अभिकर्ता बलियो र इमानदारीताका साथ उभिएका दुबै पक्ष फलदायी हुने रेग्मी बताउँछन् । अभिकर्ताले विशेष गरी तीनवटा कुरा परिश्रम, इमान्दारीता र आत्मविश्वास राख्ने हो भने सफलताका लागि कुनै भागदौड गर्न नपर्ने उनको भनाई छ ।

उनका अनुसार बीमितले पनि बीमा गर्नुपूर्व तीनवटा कुरामा विशेष ध्यान दिन जरुरी छ । जसअन्तर्गत, आफूले बीमा गर्ने कम्पनीको बारेमा सम्पूर्ण ज्ञान राख्न जरुरी छ । आफूलाई बीमा गराउने अभिकर्ताको बारेमा पनि जानकारी राख्नुपर्दछ । दक्ष अदक्ष कस्ता खाले अभिकर्तासँग आफूले बीमा गराएको हो भन्ने कुराको जानकारी लिनु आवश्यक छ । यसका साथै आफूले आफैलाई मूल्यङ्कन गर्न आवश्यक छ । आफूले कुन प्रकारको बीमा गराएको हो, आफ्नो आम्दानीबाट कति प्रतिशत बीमाशुल्क तिर्न सकिन्छ । बार्षिक रुपमा तिर्न सक्षम छ कि छैन यी कुरालाई मूल्याङकन गर्न सकेमा कुनै पनि बीमित बीमा परिपक्व गराउन सफल हुने उनको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS