SKIP THIS

IK Anniversary
IME Life

बीमा समितिको प्रादेशिक कार्यालयका लागि १८ वटा दरबन्दी स्वीकृत, छिट्टै विज्ञापन खोल्ने

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले तीन वटा प्रादेशिक कार्यालय स्थापनाका लागि १८ वटा दरबन्दीको स्वीकृति पाएको छ । अर्थ मन्त्रालयले समितिको तीन वटै प्रादेशिक कार्यालयमा ६/६ जनाको दरले दरबन्दीका लागि स्वीकृति दिएको हो ।

एउटा प्रादेशिक कार्यालयमा एक जना उपनिर्देशक, २ जना सहायक निर्देशक, सूचना प्रविधिमा एक जना र दुई जना सहायक प्रथमको दरबन्दी रहनेछ । २ जना सहायक निर्देशक मध्ये एक जना कानुन तर्फको सहायक निर्देशकलाई पठाउने समितिको तयारी छ ।

Prabhu
Crest

तत्कालको लागि समितिकै विद्यमान कर्मचारीहरुबाटै प्रादेशिक कार्यालय सञ्चालन हुनेछ । निकट भविश्यमा प्रादेशिक कार्यालयलाई समेत मध्यनजर गरेर नयाँ भर्तीको लागि विज्ञापन आह्वान गरिने समितिका प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । समितिले दरबन्दी मिलानका लागि आवस्यक जनशक्ति परिपुर्ती गर्न लोकसेवा आयोगलाई पत्राचार गरिसकेको छ । लोकसेवा आयोगले सम्पुर्ण प्रकृयाँ पुरा गरेर जनशक्ति नपठाउन्जेल घर पायक पर्ने कर्मचारीलाई पठाउने समितिको तयारी छ ।

अर्को तर्फ समितिले प्रादेशिक कार्यालयमा दरबन्दी अनुसार कर्मचारी परिचालन गर्ने वित्तीकै समितिले आन्तरिक बढुवाको पनि दरखास्त आह्वान गर्नु पर्नेछ ।

बीमा समितिले गत २ गते सार्वजनिक सूचना जारी तीनवटै प्रदेशका कार्यालय स्थापना गर्दा घरभाडाका लागि आह्वान गरेको थियो । समितिले सुदुरपश्चित प्रदेश कार्यालयका लागि धनगढी उपमहानगरपालिका स्थित मुख्य सडक खण्डको चटकपुर क्षेत्रका घरधनीहरुलाई प्रस्ताव पेश गर्न अनुरोध गरेको छ । त्यस्तै कर्णाली प्रदेश सुर्खेत कार्यालयका लागि वीरेन्द्रनगर नगरपालिका स्थित वीरेन्द्रनगर चोक वरिपरीका मुख्य सडक खण्डका घरहरु र मधेश प्रदेश कार्यालयका लागि वीरगञ्ज महानगरपालिका स्थित श्रीपुरदेखि आदर्शनगरसम्मका मुख्य सडकका घरहरुलाई प्रस्ताव आह्वान गरेको छ ।

समितिले घरधनीहरुलाई यहि १६ गतेसम्म प्रस्ताव आह्वान गरेको हुँदा आगामी महिनादेखि प्रादेशिक कार्यालय सञ्चालनमा ल्याउने तयारी गरेको छ । सम्पुर्ण प्रादेशिक कार्यालयको नेतृत्व उप निर्देशकले गर्ने छन् । हाल बीमा समितिमा ९ जना उपनिर्देशक छन् । उनिहरु मध्येबाटै तीन जनाले प्रादेशिक कार्यालयको नेतृत्व सम्हाल्ने छन् ।

प्रादेशिक कार्यालयका कर्मचारीहरुलाई समितिले अधिकार प्रत्यायोजन सहित पठाउने छ । यसका लागि अधिकार प्रयोजनको खाका समेत तयार भइसकेको अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए । प्रादेशिक कार्यालयले आफ्नो क्षेत्र भित्रका शाखा तथा बीमा कम्पनीको कार्यालयमा नियमित निरिक्षण गर्ने बीमा समितिमा आएर गर्नु पर्ने काम त्यहिबाटै गराउने छ । यदि समयमा घर पाइयो भने चैतदेखि नै शाखा कार्यालय स्थापना गर्ने समितिको तयारी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS