IME Life

कोरोना महामारीमा अभिकर्ता बनेका बच्चुराम दुई वर्षमा दुई पटक एमडिआरटी, बनाए बैकल्पिक आम्दानीको स्रोत

SPIL
NIC ASIA

काठमाडौं । कोभिड–१९ ले व्यापार व्यवसाय लथालिङ्ग बनाउँदै गर्दा बीमा क्षेत्रमा भने नयाँ अभिकर्ताको आगमनमा कुनै कमी आएन । भौतिक उपस्थितिबाट सम्भव नभएता पनि धेरैले भर्चुअल माध्यमबाट तालिम प्राप्त गर्न सफल बने । सोही मध्येका एक हुन् काभ्रेका बच्चुराम केसी । कोरोना महामारीमा लिएको अभिकर्ता तालिमबाट २ वर्षमा उनी दुबै पटक एमडीआरटी बनिसकेका छन् ।

Prabhu
Crest

नेपाल लाइफको भकुन्डेबेसी शाखामा बीमा अभिकर्ताको रुपमा सक्रिय रहेका केसी पेशाले होटल तथा पर्यटन व्यवसायी  हुन् । बिगत १६ वर्षदेखि होटल व्यवसायमा संलग्न रहेका उनले २ वर्षदेखि भने अभिकर्ता पेशालाई अंगालेका हुन् । अभिकर्ता पेशामा संलग्न भएको २ वर्षमा धेरै कुराको अनुभव गरेको उनको भनाई छ । साथै बीमा क्षेत्रको हरेक पाटोलाई नजिकबाट नियाल्ने मौका समेत पाएका छन् उनले ।

उनको अभिकर्ता पेशाको यात्रा भने कोरोना महामारीले जुराइदिएको थियो । कोरोना महामारीले होटल व्यवसाय बन्द भएपछि आम्दानीको लागि वैकल्पिक स्रोतको खोजीमा थिए उनी । सोही समय केही साथीभाइले बीमा अभिकर्तामा लाग्न प्रेरित गरेको उनी बताउँछन् । होटल तथा पर्यटन व्यवसाय क्षेत्रमा जमेका उनको चिनजान राम्रै थियो । जसले गर्दा उनलाई अभिकर्ता पेशामा जम्न समय लागेन । उनले भर्चुअल माध्यमबाट बीमा अभिकर्ताको तालिम लिएका थिए । तालिम लिए लगत्तै नेपाल लाइफबाट कोड लिएका उनी अभिकर्ता बनेको ८ महिनामै एमडीआरटी बन्न सफल बने । यो सफलता भने आफ्नो होटल तथा पर्यटन पेशाको कारण मिलेको उनी बताउँछन् ।

काम गर्न सकेमा आम्दानीको दृष्टिकोणले अभिकर्ता पेशा राम्रो भएको उनी सुनाउँछन् । तर पूर्ण रुपमा अभिकर्ता पेशामै भर पर्नु भने उचित लाग्दैन उनलाई । साइडमा केही व्यवसायसँगै अभिकर्ता पेशालाई अंगाल्ने हो भने आर्थिकदेखि हरेक पक्षलाई बलियो बनाउन सकिने उनको विश्वास छ । अभिकर्ता पेशा धेरैसँगको चिनजानमा सफल हुने पेशा हो । यससँगै अन्य पेशामा लागि परेमा थप चिनजान हुने भएकोले दुवै तर्फको व्यवसायमा सहयोग मिल्ने उनी बताउँछन् । भविष्यमा आइपर्ने आर्थिक संकटलाई थेग्न सहयोग गर्ने भएकोले विश्वास र सद्भाव समेत बढ्ने गरेको छ ।

अभिकर्ता पेशामा लागि परेको दुई वर्ष बितेको छ । तर यो पेशामा लागि पर्न ढिलाई भएको उनी बताउँछन् । आठ दश वर्षअघि नै यो पेशाबारे जानकार हुन पाएको भए यो क्षेत्रबाट धेरै उपलब्धि हाँसिल गर्न सक्ने थिए जस्तो लाग्छ उनलाई । तर ढिलै भएपनि राम्रो क्षेत्रमा हात हाल्न पाएकोमा खुशी व्यक्त गर्छन् उनी । अभिकर्ता पेशालाई उनी प्रेरणादायी र फलदायी पेशाको रुपमा लिने गर्दछन् । जसले असिमित पिआरलाई समेत प्रयोजनमा ल्याउन मदत गर्दछ ।

काभ्रेपलाञ्चोक जिल्लाको भकुन्डेबेशी शाखामा कार्यरत उनी गाउँबस्तीमा बीमा गराउन जान्छन् । पहिलेको दाँजोमा अहिले बीमा बारे धेरै सकारात्मक रहेको केसी बताउँछन् । साधारणतया गाउँघरमा पशु बीमाको प्रचलन बढ्दो छ । पशु बीमाबाट लाभान्वित भएका प्रायले जीवन बीमाप्रति चासो देखाउने गरेको उनको भनाई छ । यति हुँदा हुँदै पनि केही चुनौती भने आइपर्ने गरेको छ । जीवन बीमाको बारेमा कुरा गर्ने क्रममा पैसा खाएर भाग्ने हो कि ? बीमा गराइसकेपछि फर्केर नआउने हो कि भन्ने आशंक धेरैले व्यक्त गर्ने गरेको उनको अनुभव छ । बीमा पेशा पैसामा गरिने व्यवसाय भएकोले यस्ता शंका उब्जने गरेको उनी बताउँछन् । पैसाको विषयमा हरेक मान्छेमा विश्वास गर्न नसकिने भएकोले यस्ता चुनौतीहरु आउने गरेको छ । त्यसमा पनि अभिकर्ताले कम्म्पनीको पोलेसी बारे स्पष्ट रुपमा जानकारी दिन नसक्नु मुख्य समस्या लाग्छ उनलाई छ । साथै कम्पनीले समय समयमा अभिकर्तामाझ कम्पनीले ल्याएको नयाँ व्यवस्थाबारे जानकारी दिन नसक्दा पनि अभिकर्ताहरु चुक्ने गरेको उनी बताउँछन् ।

प्रत्येक अभिकर्ताले आफ्नो बोलीको माध्यमबाट बीमा पोलेसी विकाउने गर्दछन् । तसर्थ अभिकर्ता स्मार्ट हुन पर्नेमा उनको जोड छ । मिठो बोली, सबैलाई सुहाउँदो बोली गर्न सक्ने हो भने अभिकर्ताले असफलता व्यहोर्न नपर्ने उनको भनाई छ । साथै एक सफल अभिकर्ताले ध्यान दिनुपर्ने मुख्य कुरा भनेको कम्पनीको पोलेसी हो । कम्पनीले कस्ता खाले पोलेसी ल्याएको छ, त्यसको फाइदा वेफाइदा के छ, साथै यसले दिने सेवा बारे सम्पूर्ण जानकारी राख्नुपर्ने हुन्छ । केही अभिकर्ताहरुले बोनस पाउने लोभमा बीमाङक रकम दोब्बर भएर आउने भन्दै झुट बोल्ने र बीमा गराउने गरेको उनी बताउँछन् । यसले बीमा क्षेत्र साथै बीमा अभिकर्तालाई समेत नकारात्मक असर परेको उनको भनाई छ । तसर्थ अभिकर्तामा हुनुपर्ने बिशेष गुणमा इमान्दारीता र अनुशासन पनि मुख्य भएको बच्चुराम केसी बताउँछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS