काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ७० हजार कित्ता संस्थापक शेयर आइतवारदेखि विक्रीमा आएको छ । कम्पनीले शेखरराज बस्ताकोटीको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ ।
उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने छन् । ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय विर्तामोड झापामा पुग्ने गरी निवेदन पेश गर्नु पर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुलाई शेयर विक्री गर्ने संस्थाले जनाएको छ ।