IME Life

१९ वर्ष पत्रकारिता गरेका बास्तोला पुन्य कामाउन अभिकर्ता पेशामा जम्दै

SPIL
NIC ASIA

काठमाडौं । कमाउनु ठूलो कुरा होइन जोगाउनु ठूलो हो भन्ने लाग्छ अभिकर्ता युवराज वास्तोलालाई । सानो सानो रकमलाई बचत गर्ने बानी बसाल्न बीमा गराउनु अनिवार्य भएको र यसले उज्ज्वल भविष्यको सुनिश्चित गर्नेमा विश्वस्त छन् उनी । जीवनमा भइपरि आउने आर्थिक घटनाको क्षतिपूर्तिलाई न्यूनिकरण गर्न बीमा सारथी बन्ने गरेको वास्तोलाको भनाई छ ।

Prabhu
Crest

बीमा हरेक नागरिकले बुझ्नै पर्ने वास्तोलाको तर्क छ । बीमालाई नैसर्गीक अधिकारको रुपमा लिँदा समेत फरक नपर्ने उनी बताउँछन् । परिवारको एक व्यक्तिले बीमा पोलिसि लिँदै गर्दा सिंगो परिवारलाई आर्थिक संकटबाट जोगाउन सहयोग गर्दछ । तसर्थ अभिकर्ता पेशा खाली पेशा मात्र नभई पून्यको काम समेत भएको उनको बुझाई छ । तसर्थ गाउँवस्ती शहर बजार सबैतिर बीमाबारे सचेत गराउन लागी परेका छन् उनी ।

वास्तोला महालक्ष्मी इन्स्योरेन्स कम्पनीमा अभिकर्ताको रुपमा काम गर्दै आइरहेका छन् । छोटो समय अवधिमै उनले नेपालको विभिन्न स्थानमा गई बीमा बारे ज्ञान दिँदै आइरहेका छन् । हाल उनी महालक्ष्मी इन्स्योरेन्सको कलङ्की शाखामा कार्यरत छन् । यो पेशामा सक्रिय हुनुअघि उनी राज्यकै चोथो अंग मानिने पत्रकारिता पेशामा संलग्न थिए । करिब १९ वर्षदेखि सक्रिय रहेको पत्रकारिता पेशालाई बिट मार्दै उनी तीन वर्षअघि अभिकर्ता पेशामा प्रवेश गरेका थिए । बीमाको उपयोगिता र यसले दिने फाइदाबारे जानकारी पाएपछि नेपाल समाचार पत्रको लेखन कार्यलाई चटक्कै छाडेर उनी बीमा अभिकर्ता पेशामा सरिक भएको उनी सुनाउँछन् ।

पेशा परिवर्तन गर्दै गर्दा उनीमाथि चूनौती नआएको भने होइन । पत्रकारिता जस्तो सम्मानित पेशा त्यागेर बीमा अभिकर्ता बन्दै गर्दा धेरैले धेरै थरीका कुरा गरेको उनी सुनाउँछन् । अभिकर्ता पेशालाई कमिसन खाने दलाली पेशा समेत भन्ने गरेको उनलाई याद छ । सम्मानित पेशा छाडेर झोले पेशा गर्नु उचित नभएको सल्लाह आएको उनी बताउँछन् । तर अरुको कुरालाई वेवास्ता गर्दै उनले अभिकर्ता पेशालाई निरन्तरता दिँदै गए । उक्त निरन्तरताले उनलाई देशको विभिन्न स्थान, गाउँदेखि शहरसम्म पुग्ने मौका दिलाएको छ । धेरैलाई बीमा बारे जानकारी दिन पाउँदा उनले सन्तुष्टि लिने गरेका छन् । यहि सन्तुष्टिले उनलाई पेशाप्रति अझ बढी लगाव बढाएको छ । उनी आफू मात्र होइन आफूसँगै काम गर्ने साथीभाईलाई अघि बढ्न प्रेरित गरिरहन्छन् । फलस्वरुप २०२२ मा उनको टिमले ५ जना एमडीआरटी उत्पादन गर्न सफल बनेको उनको भनाई छ । टिममा काम गर्ने भएको हुँदा टिम सफल हुनु भनेको नै व्यक्ति सफल हुनु हो भन्ने लाग्छ उनलाई । तसर्थ उनी महालक्ष्मी इन्स्योरेन्सको सफलतालाई आफ्नो सफलता मान्छन् ।

बीमा अभिकर्ता पेशा आफैमा चुनौतीपूर्ण पेशा हो । अरुको खल्तीमा भएको रकम ल्याएर गर्नुपर्ने काम भएकोले यो पेशा गर्न सजिलो भने छैन । यस्तै चुनौतीको बाबजुद पनि अभिकर्तामा केही गुण भएमा यो पेशामा जम्न कुनै अप्ठेरो नपर्ने उनी बताउँछन् । अभिकर्ताले मिठो बोलिसँगै बीमा र कम्पनीले प्रदान गर्ने स्किमको बारेमा बीमितलाई छर्लङ्ग हुने गरी बुझाउन सक्नुपर्ने उनको धारणा छ । यसका साथै थोरै रकम जम्मा गर्दा हुने फाइदाको बारेमा बुझाउन सकेमा पनि धेरै जना बीमा गर्नबाट पछि नहट्ने उनको अनुभव छ । उनको तीन वर्षको अनुभवमा बीमाबारे धेरैलाई सकारात्मकभन्दा नकारात्मक जानकारी धेरै रहेको पाइन्छ । फलस्वरुप बीमा अभिकर्ताको रुपमा जाँदै गर्दा पैसा खाएर भाग्ने दलाल जस्ता लाञ्छना लगाउने गरेका छन् । तर वास्तविक कुरा थाहा पाएपछि भने तीनै व्यक्तिहरु बीमा गर्न लालायित हुने गरेको उनको भनाई छ ।

बीमकले बीमा गरेको रकम बराबर बोनस प्राप्त गर्न सक्ने भएकोले भविष्यमा आर्थिक पाटो सबल बनाउन बीमाले ठूलो भूमिका खेल्ने गर्दछ । साथै अर्थतन्त्रलाई समेत टेवा पुर्याउने भएको हुँदा जीवन बीमा हरेक नागरिकका लागि अपरिहार्य रहेको वास्तोला बताउँछन् । विभिन्न प्रकारको स्किम खरिद गर्न सक्ने हुँदा बीमकले आफ्नो आम्दानी बापतको ठूलो सानो जुनसुकै रकमको बीमा गर्न सक्छन् । जसले गर्दा फजुल खर्च गर्नुहुन्न भन्ने मान्यताको विकास गराउन मदत गर्दछ । यसले एकातिर बीमकलाई बचत गर्ने बानीको विकास गराउँदछ भने अर्को तर्फ भविष्यमा आइपर्ने आर्थिक संकटलाई समेत न्यूनिकरण गर्ने गर्दछ । यसका अलावा जीवनमा भइपरिआउने विभिन्न घटनाको क्षतिपूर्ति न्यूनिकरणमा समेत बीमाले ठूलो भूमिका खेल्ने भएको हुँदा वास्तोला सबैलाई बीमा बारे जानकारी लिन आग्रह गर्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS