IME Life

पर्यावरणीय विपत्तिः बीमा नोक्सानी लगातार चौथो वर्ष १ खर्ब अमेरिकी डलर नाघ्यो

SPIL
NIC ASIA

काठमाडौं । । मौसमी खराबी र पर्यावरणीय कारणले गर्दा बीमा दाबी वापतको नोक्सानी पछिल्लो पाँच वर्षयता लगातार चौथोपटक यस्तो क्षति १ खर्ब अमेरिकी डलर९११९ खर्ब २२ अर्ब नेपाली रुपैयाँ० नाघेको छ । यो रकम नेपालको चालू आ.व.को घोषित बजेटको झण्डै साढे सात गुणा हो ।

अन्तर्राष्ट्रिय पूनर्बीमक एओएनले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार सन् २०२१ मा विश्वव्यापी बीमा दाबीवापतको नोक्सानी १ खर्ब ३० अर्ब अमेरिकी डलर नाघेको छ । यो सन् २०२० को तुलनामा १८ प्रतिशत अधिक हो । पछिल्लो एक शताब्दीमा औसत ७४ अर्ब अमेरिकी डलर बराबरको नोक्सानी भएको थियो ।

Prabhu
Crest

प्रतिवेदनका अनुसार सन् २०२१ मा कूल ३ खर्ब ४३ अर्ब अमेरिकी डलर बराबरको आर्थिक नोक्सानी भएकोमा मौसम,पर्यावरण र महाविपत्तिका कारण भएको नोक्सानी मात्र ३ खर्ब २८ अर्ब अमेरिकी डलर बराबरको छ । मुद्रास्फितिको प्रभाव समेत जोड्दा लगातार तेश्रो महँगो वर्षकोरुपमा सन् २०२१ स्थापित भएको छ ।

एओएनका अध्यक्ष एरिक एण्डरशनले महाविपत्तिका घटनाहरु सघन रुपमा वृद्धि हुँदै गएको अवस्थामा पुरानो तथ्यांक आधारित पूर्वानुमान र जोखिम बहनको तयारी अब पर्याप्त हुनसक्दैन ।

प्रतिवेदनका अनुसार विश्वव्यापी बीमा नोक्सानीमध्ये ७१ प्रतिशत घटना अमेरिकामै दर्ज भएको छ । विश्वव्यापी बीमा नोक्सानीमध्ये ७० प्रतिशतभन्दा बढी अमेरिकामै दर्ज भएको यो लगातार दोश्रो वर्ष हो । अमेरिकाको सन् २०२० र २०२१ को कूल बीमा नोक्सानी समेत दुई वर्षको कूल नोक्सानीको योगफलमध्ये अहिलेसम्मकै सर्वाधिक हो ।

विश्वव्यापी बीमा नोक्सानी सम्बन्धमा गत महिना अर्को अन्तर्राष्ट्रिय पूनर्बीमक म्युनिक रिले जारी गरेको प्रतिवेदनमा यस्तो नोक्सानी १ खर्ब २० अर्ब अमेरिकी डलर बराबर रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS