IME Life

नेपालको पहिलो डिजिटल वालेट १४ औं वर्षमा प्रवेश, आज नयाँ रजिष्ट्रेसन गर्नेले १३० रुपैयाँ पाउने

SPIL
NIC ASIA

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट इसेवा १३ वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । २०६६ सालमा मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा लिएर स्थापना भएको यसले नेपालको भुक्तानी प्रणालीलाई धेरै सहज बनाइदिएको छ ।

इसेवाले मात्रै नेपालको डिजिटल भुक्तानीको बजार हिस्सा ८० प्रतिशत ओगट्न सफल भएको छ । आजको दिनमा इसेवाको प्रयोगकर्ता ५० लाख भन्दा धेरै छन् भने एक लाख ३० हजार भन्दा धेरै एजेन्ट छन् । दैनिक ५ लाख भन्दा धेरै कारोबार हुने गरेको छ । इसेवाको प्रणालीमा तीन वटा मर्चेन्ट, ५१ वटा बैंक र ३ सय भन्दा धेरै सहकारी रहेका छन् ।

Prabhu
Crest

इसेवाले १३ वर्ष पुरा भएको उपलक्ष्यमा विभिन्न अफरहरु लिएर आएको छ । कम्पनीले १३ औ वार्षिकोत्सवको अवसरमा न्युनतम १३० रुपैयाँ भन्दा धेरै कारोबार गर्नेलाई ३ प्रतिशत क्यास ब्याक गर्ने भएको छ । त्यसै आज पहिलो कारोबार गर्ने १३ जनाले भने न्युनतम १०० रुपैयाँको कारोबार गरेमा पनि यो अफर पाउका छन् ।

आज नयाँ रजिष्ट्रेसन गर्नेले १३० रुपैयाँ बोनशका रुपमा प्राप्त गर्ने छन् । यो सुविधा पहिलो एक हजार नयाँ ग्राहकहरुले पाउन सक्ने छन् । त्यस्तै इसेवाको अकाउन्ट लिन्क गर्नेले पनि आज १३० रुपैया प्राप्त गर्ने छन् । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा समेत सहजता प्रदान गर्दै आइरहेको छ । सामान्य किसिमको भुक्तानीमा पनि लाम बस्नु पर्ने अवस्थालाई इसेवाले विस्थापित गराइदिएको छ ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । सन् २००९ मा बेटा भर्जन ल्याउँदा इसेवा डेक्स्टप कम्युटर बाट मात्र चलाउन मिल्थ्यो । सुरूमा बजारमा रिचार्जकार्ड सहजै नपाइने अवस्था थियो भने नेपाल टेलिकम पनि इलेक्ट्रोनिक्स् रिचार्जमा गइसकेको थिएन ।

इसेवाले टेलिकममा गएर रिचार्ज कार्ड ल्याइ पिन नम्बर हातले कोट्याएर आफ्नो सिस्टममा राखेर रिचार्ज बेच्ने गर्दथ्यो । त्यसपछि नेपाल टेलिकमले इलेक्ट्रोनिक्स् रिचार्ज सिस्टम बनाएपछि मात्र इलेक्ट्रोनिक्स् पीन उपलब्ध गराउन थालेको हो । सुरूमा रिचार्ज कार्ड घोटेर सिस्टमममा पीन राख्नका लागि पनि दर्जनौ कर्मचारी राख्नुपरेको थियो । तर अहिले अत्याधुनिक प्रविधिले रियलटाइममै टपअप तथा बिल भुक्तानी गर्न सकिन्छ । मोबाइलमा रिजार्ज गर्ने प्रणालीबाट लोकप्रिय बनेको इसेवा अहिले हरेक किसिमका भुक्तानीमा वालेट बन्दै आइरहेको छ । जसले खल्तिमा टन्न पैसा बोकेर हिड्नु पर्ने झण्झटलाई निराकण गर्दै मोबाइलबाटै सबै किसिमको भुक्तानीलाई सहजता प्रदान गरिदिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS