IME Life

कम्पनीहरुले समितिको सफ्टवेयरमा तथ्याङ्क अपलोड नगर्दा ‘रियलटाइम डेटा’ आउन सकेन

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले नयाँ सफ्टवेयर मार्फत यहि माघ एक गतेदेखि ‘रियलटाइम डेटा’ निकाल्ने योजना बनाएको थियो । सोहि अनुसार समितिले सम्पुर्ण कम्पनीहरुलाई एपिआई मार्फत आफ्नो सफ्टवेयरमा जोडे पनि उनिहरुले तथ्याङ्क अपलोड नगरिदिदा रियल टाइम डेटा आउन नसकेको हो ।

समितिले माघ एक गतेदेखि कम्पनीहरु सँग कुनै पनि तथ्याङ्क इमेल तथा भौतिक रुपमा प्राप्त नगर्ने बताउदै आएको थियो । तर अधिकाम्स बीमा कम्पनीहरुले पुस महिनाको मासिक तथ्याङ्क समेत अपलोड गर्न सकेका छैनन् । समितिले यस सफ्टवेयरले रियल टाइम डाटा दिने भन्दै आए पनि कम्पनीहरुले समयमा तथ्याङ्क अपलोड नगर्दा विगका महिनामा इमेल मार्फत उपलब्ध गराउने तथ्याङ्क भन्दा पनि ढिला भएको छ ।

Prabhu
Crest

समितिका अनुसर अझै पनि ६/७ वटा जीवन र ९/१० वटा निर्जीवन बीमा कम्पनीले मासिक तथ्याङ्क अपलोड गरेका छैनन् । कम्पनीहरुले कोभिड १९ का कारण सम्बन्धित विभागका कर्मचारी संक्रमण हुँदा असमर्थ रहेको भन्दै जानकारी गराएका छन् । पछिल्लो समयमा कोभिड १९ को संक्रमण उच्चदरमा बढिरहेकोले यसको प्रभाव परेको हो ।

तर कतिपय कम्पनीले सफ्टवेयरले मागेका तथ्याङ्क बनाउन सकेका छैनन् । भौतिक रुपमा माग्ने तथ्याङ्क भन्दा धेरै शिर्षकमा तथ्याङ्क उपलब्ध गराउनु पर्छ । तर धेरै जसोसँग उक्त तथ्याङ्क नै छैन । समितिले माघ एक गतेदेखि समितिहरु सँग कुनै पनि तथ्याङ्क इमेल तथा भौतिक रुपमा नलिने भन्दै जानकारी गराउदै आएको थियो । यस भन्दा अगाडी कम्पनीका सम्बन्धित विभागलाई यस विषयमा जानकारी गराउनेदेखि लिएर सफ्टवेयर चलाउन समेत सिकाइएको थियो । तर कम्पनीले समितिलाई वेवास्था गरेका छन् ।

मासिक तथ्याङ्क ७ गते भित्रमा अपलोड गरिसक्नु पर्ने व्यवस्था छ । तर कम्पनीले अपलोड नगरे पछि तीन दिनको समय दिइएको छ । यस अवधिमा अधिकाम्सले कोभिड १९ को कारण देखाए पनि उनिहरु सँग सफ्टवेयरले मागेको तथ्याङ्क नै छैन । कम्पनीले समितिको सफ्टवेय सँग म्याच हुने गरि आफ्नो सफ्टवेयर नबनाउदा समितिलाई रिपोर्टिङ गर्न गाह्रो भएको हो ।

यस सफ्टवेयर मार्फत कानुन, उजुरी, नियमन, नीति विश्लेषण, परिपालनका साथै दाबी तथा सम्पति शुद्धिकरण सम्बन्धी विवरणहरु प्राप्त गर्न सकिने व्यवस्था छ । बीमालेख तथा बीमाङ्की सम्बन्धी, अण्डरराइटिङ सम्बन्धी, वित्तीय लेखापरिक्षण सम्बन्धी, सूचना प्रविधि सम्बन्धी विवरणहरु प्राप्त गर्न सकिन्छ । त्यस्तै स्थलगत सुरपरिवेक्षण सम्बन्धी, कृषि तथा लघु बीमा सम्बन्धी, पुर्बीमा सम्बन्धी विवरणहरुका साथै इजाजत सम्बन्धी, बीमा अभिकर्ता र सर्भेयर सम्बन्धी, व्यवस्थापन सूचना प्रणाली सम्बन्धी विवरणहरु एकमुष्ठ रुपमा प्राप्त गर्न सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS