IME Life

दोश्रो त्रैमासको वित्तीय विवरण अनुसार नबिल र एनआईसी एशिया बैंकलाई दाँजेर हेर्दा

SPIL
NIC ASIA

काठमाडौं । व्यवसायिक र वित्तीय रुपमा नबिल बैंक र एनआईसी एशिया बैंक एक आपसमा टक्कर दिँदै आएका स्थापित वाणिज्य बैंक हुन् । केही समय यता एनआईसी एशिया बैंक आक्रामक रुपमा व्यापार गर्दै  आएको छ । बजारमा दुई वाणिज्य बैंकलाई दाँजेर राम्रै गफ हुँदै आएकोमा दुवै बैंकले आर्थिक वर्ष ७८/७९ दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंक बीच इन्स्योरेन्स  गरेको तुलनात्मक अध्ययन:

Prabhu
Crest

चुक्ता पुँजीको आधारमा :  एनआईसी एशिया बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रहेको छ भने नबिल बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड रहेको छ । नबिल बैंकले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ भने एनआईसी एशिया बैंकको साधारण सभा हुनै बाँकी नै छ ।

जगेडा कोषको आधारमा :  जगेडा कोषलाई हेर्ने हो भने नबिल  बैंकको बढी छ । संचित मुनाफा र शेयर प्रिमियम सहितको जगेडा कोष हेर्दा नबिल बैंकको जगेडा कोषमा १५ अर्ब ५८ करोड रहेको छ भने एनआईसी एशियाको जगेडा कोषमा ११ अर्ब ५५  करोड रहेको छ।

निक्षेप र कर्जाको आधारमा : बैंकहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ दोश्रो  त्रैमासको वित्तीय विवरणको आधारमा एनआईसी एशिया बैंकले २ खर्ब ९४ अर्ब निक्षेप संकलन गरी २ खर्ब ६१ अर्ब कर्जा प्रवाह गरेको छ भने नबिल बैंकले २ खर्ब ३२ अर्ब निक्षेप संकलन गरी २ खर्ब १५ अर्ब कर्जा प्रवाह गरेको छ।

खुद व्याज आम्दानीको आधारमा : आर्थिक वर्ष ७८/७९ दोश्रो  त्रैमासको वित्तीय विवरणको आधारमा एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोश्रो  त्रैमासमा ५ अर्ब २४ करोड खुद व्याज आम्दानी गरेकोमा नबिल बैंकले ४ अर्ब २१ करोड खुद व्याज आम्दानी गरेको छ।

खुद मुनाफा : आर्थिक वर्ष ७८/७९ दोश्रो  त्रैमासको वित्तीय विवरणको आधारमा एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा २ अर्ब ४० करोड खुद नाफा गरेकोमा नबिल बैंकले २ अर्ब १८ करोड खुद नाफा गरेको छ।

किताबी मूल्य : आर्थिक वर्ष ७८/ ७९ दोश्रो  त्रैमासको वित्तीय विवरणको आधारमा नबिल बैंकको किताबी मूल्य १८४ रुपैयाँ छ भने एनआईसी एशिया बैंकको किताबी मूल्य १९९ रुपैयाँ छ।

वार्षिक प्रति शेयर आम्दानी : आर्थिक वर्ष ७८/७९ दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा एनआईसी एशिया बैंकको वार्षिक प्रति शेयर आम्दानी ४१ रुपैयाँ छ भने नबिल बैंकको वार्षिक प्रति शेयर आम्दानी २३ रुपैयाँ छ ।

बजार मूल्य :  माघ ६ गतेको बजार मूल्य अनुसार एनआईसी एशिया बैंकको बजार मूल्य ९१७ रुपैयाँ रहकोमा नबिल बैंकको बजार मूल्य ११७८ रुपैयाँ रहेको छ।

वितरण योग्य मुनाफा :  आर्थिक वर्ष ७८/७९ दोश्रो  त्रैमासम्मको वित्तीय विवरणको आधारमा चालु आर्थिक वर्षको दोश्रो  त्रैमाससम्म एनआईसी एशिया बैंकको वितरणयोग्य मुनाफा ८५  करोड रहेकोमा नबिल बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४५  करोड रहेको छ।

खराब कर्जा :  आर्थिक वर्ष ७८/७९ दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा एनआईसी एशिया बैंकको खराब कर्जा शुन्य दशमवल ४७ प्रतिशत रहेकोमा नबिल बैंकको १ दशमलव ११ प्रतिशत छ ।

मूल्य आम्दानी अनुपात :  माघ ६ गतेको बजार मूल्य अनुसार एनआईसी एशिया बैंकको मूल्य आम्दानी अनुपात २२ गुणा रहेको छ भने नबिल बैंकको करिव ५० गुणा रहेको छ।


नोट : उपलब्ध तथ्यांकको आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला ! माथिको समाचार शेयर  कारोवार प्रयोजनका लागि होइन।  

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS