IME Life

२३ बाणिज्य बैंकको मुनाफा ३ अर्ब २१ करोडले बढ्दा कुनको कतिले सुधार ?

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा २३ बाणिज्य बैंकको मुनाफा ३ अर्ब २१ करोड रुपैयाँले बढाएका छन् । बाणिज्य बैंकहरुले १२ प्रतिशतले मुनाफा सुधार गर्दा ५ बैंकको भने घटेको छ । मुनाफामा प्राय सधै पहिलो नम्बरमा हुने नविल बैंकलाई यस पटक एनआईसी एशिया बैंकले उछिनेको छ । मर्जरबाट सिनर्जी पाएको ग्लोबल आइएमई बैंक मुनाफामा सर्वाधिक अगाडी रहेको छ । ग्लोबल आइएमईले १२ प्रतिशतले मुनाफा बढाउदै २ अर्ब ६६ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । दोस्रोमा रहेको एनआईसी एशियाले १६ प्रतिशतले मुनाफा बढाउदै ६ महिनाको अवधिमा २ अर्ब ४० करोड रुपैयाँ आर्जन गरेको छ ।

Prabhu
Crest

त्यस्तै तेस्रो नम्बरमा रहेको नविल बैंकले भने ८ प्रतिशतले मुनाफा बढाउदै २ अर्ब १८ करोड रुपैयाँ आर्जन गरेको छ । चौथो स्थानमा रहेको राष्ट्रिय बाणिज्य बैंकले ९ प्रतिशतले मुनाफा बढाउदै एक अर्ब ९१  करोड रुपैयाँ आर्जन गरेको छ । मुनाफा ७ प्रतिशतले घटे पनि पाँचौ नम्बरमा रहेको प्राइम बैंकको एक अर्ब ६७ करोड रुपैयाँ रहेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको मुनाफा २.३८ प्रतिशतले मात्रै सुधार गर्दै एक अर्ब ६२ करोड रुपैयाँ आर्जन गरेको छ ।

यस त्रैमाशिक अवधिमा प्राइम सँगै प्रभु बैंकको मुनाफा १६ प्रतिशतले घटेर एक अर्ब २६ करोड रुपैयाँमा झरेको छ । त्यस्तै कुमारी बैंकको २१ प्रतिशतले घटेर ९५ करोड १७ लाख रुपैयाँमै सिमित भएको छ । एभरेष्ट बैंकको पनि १२ प्रतिशतले घटेर ८३ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको छ । अर्को नविल बैंक सँग मर्जरको संझौता गरेको नेपाल बैंकलादेश बैंकको पनि १३ प्रतिशतले घटेर ८३ करोड ११ लाख रुपैयाँ रहेको छ ।

सबैभन्दा कम मुनाफा आर्जन गर्ने सिभिल बैंकले यस पटक सर्वाधिक धेरै सुधार गर्दै ५० करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ । बैंकले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १४८ प्रतिशतले मुनाफा बढाएको हो । यस पटक गएका वर्षमा कमजोर देखिएका बैंकहरुले राम्रो मुनाफा आर्जन गरेका छन् । पछिल्लो २/३ वर्षदेखि कमजोर देखिएका स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबिआई बैंक, सेञ्चुरी बैंकले मुनाफामा उल्लेख्य सुधार गर्न सफल भएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS