IME Life

ज्योति लाइफ इन्स्योरेन्सको एनिमेटेड प्रोडक्ट इन्फरमेशन भिडियो सार्वजनिक

SPIL
NIC ASIA

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सेवाहरुको जानकारी घर बसेरै विद्युत्तीय माध्यमबाट ग्राहकमाझ पु¥याउने उद्देश्यले आफ्ना सम्पूर्ण प्रोडक्टहरुको जानकारीमुलक एनिमेटेड भिडियोहरु सार्वजनिक गरेको छ । कम्पनीले विश्वव्यापी फैलिरहेको कोभिड १९ को महामारीलाई ध्यानमा राखी, ग्राहकहरुको सुविधालाई चुस्त दुरुस्त एवं प्रविधिमैत्री बनाउने क्रममा उक्त भिडियो सार्वजनिक गरेको हो ।

कम्पनीको आधिकारिक युट्युब च्यानल, मोबाईल एप तथा वेबसाईट मार्फत हेर्न सकिने व्यवस्था मिलाईएको जनाएको छ । एनिमेटेड प्रोडक्ट इन्फरमेशन भिडियो मार्फत कम्पनीका सेवाग्राही तथा अभिकर्ताहरुले सहजै बुझ्ने गरि प्रोडक्टका विशेषताहरु, फाईदाहरु, मापदण्ड, बीमा अवधी तथा बीमालेख जारी गर्ने तरिका दर्शाइएको छ ।

Prabhu
Crest

हालसम्म कम्पनि द्वारा जारी गरिएका प्रमुख जीवन बीमा योजनाका जानकारी मुलक भिडियोहरु सार्वजनिक भईसकेको र बाँकी सेवाहरुको भिडियो पनि यथाशिघ्र सेवाग्राहीहरु माझ पु-र्याउने योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले जानकारी दिए ।

कम्पनीसंग सम्बन्धित सम्पूर्ण भिडियोहरु कम्पनीको आधिकारिक युट्युब च्यानल bit.ly/jyotilifeyt, मोबाईल एप तथा वेबसाईट http://www.jyotilife.com बाट सहजै हेर्न सकिने कम्पनीले जनाएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS