IME Life

शिखर र आइएमई जनरल इन्स्योरेन्सले पाए हकप्रद शेयर निष्काशनको अनुमति  

SPIL
NIC ASIA

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई निर्जीवन बीमा कम्पनीलाई हकप्रद शेयर  निष्काशनका लागि अनुमति दिएको छ ।  धितोपत्र बोर्डको हिजो बसेको बैठकले शिखर इन्स्योरेन्स कम्पनी र आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो ।

शिखरले ५२ करोड ७५ लाख रुपैयाँ र आइएमई जनरलले ४६ करोड ३० लाख रुपैयाँको हकप्रद शेयर निष्काशनका लागि बोर्डबाट अनुमति पाएका हुन् । शिखरले गत जेठ महिनामा बोर्डमा निवेदन दिएको थियो । त्यस्तै आइएमईले भने भदौ महिनामा निवेदन दिएको थियो ।

Prabhu
Crest

बीमा समितिले यि दुई कम्पनी बाहेक अन्य बीमा कम्पनीहरुलाई हकप्रद शेयर निष्काशनको लागि रोकेर राखेको छ । समितिले चालु आर्थिक वर्षमा कुनै पनि कम्पनीलाई हकप्रद शेयर निष्काशनको प्रस्ताव नै अगाडी नबढाउन निर्देशन दिएको थियो । सोहि कारण अहिले कुनै पनि बीमा कम्पनीले हकप्रद शेयर निष्काशनको प्रकृयाँ अगाडी बढाएका छैनन् ।

नेपाल धितोपत्र बोर्ड विगत ५ महिना भन्दा लामो समयदेखि अध्यक्ष विहिन छ । अध्यक्ष नहुँदा बोर्डले हकप्रद तथा प्राथमिक शेयर निष्काशनको अनुमति दिएको थिएन । तर केहि समय अगाडी विभिन्न कम्पनीहरुले हकप्रद शेयर निष्काशनको अनुमति दिनु पर्ने भन्दै बोर्डलाई दवाव दिएका थिए । त्यस पछि बल्ल बोर्डले अनुमति दिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS