IME Life

नेशनल माइक्रोफाइनान्सको बम्पर लाभांश आज पारित हुँदै

SPIL
NIC ASIA

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले आज माघ ६ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले धादिङको क्रिक रिसोर्टमा सभा गर्न लागेको हो । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतले हुन् आउने १६ करोड ७६ लाख २१ हजार ४ सय २१ रुपैयाँ बराबरको बोनश शेयर र ५ प्रतिशतले हुन आउने २ करोड ९ लाख ५२ हजार ६ सय ७७ दशमलव ६३ पैसा नगद लाभांश गरि कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु अनुसूचीहरु समेत छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, सभाले यस वित्तीय संस्थाको आर्थिक बर्ष २०७८/७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियूक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने । हाल बहालवाला लेखापरीक्षक केएएस एसोसिएटस् चार्टर्ड एकाउण्टेन्टस् पूनः नियूक्तिको लागि ग्राह्य हुनु हुने, प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले यस वित्तीय संस्थाले इजाजतपत्रप्राप्त घ बर्गका अन्य लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने वा एक आपसमा गाभिने प्रयोजनको लागि आवश्यक भए समिति गठन गरि उपयुक्त वित्तीय संस्थाको पहिचान र छनौट गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सैद्धान्तिक स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, प्रस्ताव पारित गर्नेछ ।

साथै, सभामा वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६ ख र ग तथा नियमावलीको दफा ३२ ख मा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्तावमा छलफल गरि पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समिति लाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण पुस २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS