IME Life

वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकको रक्तदान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै सामाजिक दूरी कायम गरी रक्तदान कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ।

Prabhu
Crest

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले उपकार्यकारी अधिकृत विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय परिसरमा ११२ जनाले रक्तदान गरेका छन् ।

त्यस्तै बैंकको १ नम्बर प्रादेशिक कार्यालय, बिराटनगरमा भएको रक्तदान कार्यक्रममा ५१ जना, गण्डकी प्रादेशिक कार्यालय, पोखरामा भएको रक्तदान कार्यक्रममा ५७ जना, लुम्बिनी प्रादेशिक कार्यालय, नेपालगंजमा भएको रक्तदान कार्यक्रममा २९ जना गरी कुल २४९ जनाले रक्तदान गरेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS