कोभिड १९ को परीक्षण शुल्क घट्यो, सरकारीमा ८०० निजीमा १५०० रुपैयाँ

काठमाडौं । नेपाल सरकारले कोभिड १९ को परीक्षण शुल्क घटाएको छ । सरकारले आरटी र पीसीआर विधिबाट गरिने परीक्षण शुल्क घटाउनुका साथै लक्षण देखिएकालाई सरकारी अस्पतालमा निशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।

कोभिड १९ को बढ्दो संक्रमणदर सँगै सरकारकी अस्पतालमा परीक्षणका लागि एक हजार रुपैयाँ लिदै आएकोमा ८ सय रुपैयाँ मात्रै लिने भएको छ । त्यस्तै निजी अस्पतालहरुले बढीमा २ हजार रुपैयाँसम्म लिन पाउने व्यवस्थालाई घटाएर बढीमा १५ सय रुपैयाँ मात्रै लिन पाउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार