IME Life

कोरोना संक्रमण थप ११ हजार ३५२ जनामा, लक्षण देखिएकालाई सरकारी अस्पतालमा निःशुल्क परिक्षण

SPIL
NIC ASIA

काठमाडौं । बुधबार कोभिड १९ को संक्रमण थप ११ हजार ३५२ जनामा देखिएको छ । मंगलबार १० हजार भन्दा धेरैमा देखिएको थियो । पछिल्ला दिनमा संक्रमणदर ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २३ हजार ४०९ नमूना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार गत २४ घण्टामा १८ हजार ७८ नमूनाको पीसीआर र ५ हजार ३३१ नमूनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षणबाट ९ हजार ५०२ र एन्टिजेन परीक्षणबाट १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२८ पुगेको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Prabhu
Crest

सरकारले कोरोना संक्रमणको लक्षण भएकालाई निःशुल्क परिक्षण गर्ने व्यवस्था मिलाएको छ । यदि अन्य प्रयोजनका लागि परिक्षण गर्नु परेमा सरकारी अस्पतालमा ८०० रुपैयाँ लाग्ने छ । यस भन्दा अगाडी निजि अस्पतालले बढिमा २ हजार रुपैयाँसम्म लिन पाउने व्यवस्थालाई घटाएर १५ रुपैयाँ रुपैयाँ मात्रै लिन पाउने व्यवस्था गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS