IME Life

कोरोनाको बढ्दो संक्रमण सँगै बीमा कम्पनीले रोटेसनमा राख्न थाले कर्मचारी, व्यवसाय प्रभावित

SPIL
NIC ASIA

काठमाडौं । कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन समुदाय स्तरमै फैलिदा बीमा कम्पनीहरु पनि प्रभावित हुन थालेका छन् । दिन दिनै संक्रमितको संख्या बढ्न थाले बीमा कम्पनीले रोटेसन प्लान बनाउन थालेका छन् ।

बीमाको सेवा प्रभावित नहोस भनेर बीमा कम्पनीहरुले केहि कर्मचारीहरुलाई वर्क फ्रम होम र केहि कर्मचारीहरुलाई फिल्डमा खटाउन थालेका हुन् । घरबाटै काम गर्न मिल्ने कर्मचारीहरुलाई घरबाटै लगाइएको नेपाल जीवन बीमक संघका अध्यक्ष निर्मल काजी श्रेष्ठले जानकारी दिए ।

Prabhu
Crest

सबै कर्मचारीहरुलाई अफिस बोलाउदा संक्रमण हुने सम्भाना भएकाले केहि कर्मचारीहरुलाई मात्रै कार्यालय बोलाइएको उनले बताए । यदि अफिसमा आएका कर्मचारीमा संक्रमण देखियो भने उनिहरुलाई विदा दिने र वर्क फ्रम होममा रहेका कर्मचारीलाई कार्यालय बोलाउने गरिएको छ ।

यो रणनीति केन्द्रिय कार्यालयमा प्रभावकारी देखिए पनि शाखा कार्यालयमा भने खासै प्रभावकारी हुने गरेको छैन । प्राय बीमा कम्पनीको शाखा कार्यालयमा न्युनतम २ देखि अधिकतम ४/५ जना भन्दा धेरै हुँदैनन् । प्रायमा २/३ जना मात्रै कर्मचारी हुने गरेको पाइन्छ । यसले गर्दा कतिपय कम्पनीले कोभिड संक्रमण भएकै थाहा पाउदा पाउदै पनि कार्यालय बोलाउनेसम्म गरेको पाइएको छ । यदि सामान्य रुघाखोकी मात्रै हो भने कार्यालयमा उपस्थित हुने निर्देशन दिइएको पाइन्छ ।

कोरोनाको दोस्रो र तेस्रो लहरमा बीमा समितिले कम्पनीहरुलाई निर्देशन जारी गर्दै संक्रमित कर्मचारीलाई विदा दिन भनेको थियो । समितिले संक्रमित कर्मचारीको उपचार गर्नु पर्नेसम्मको निर्देशन दिएको थियो । तर यस पटक समितिबाट त्यस्तो कुनै पनि निर्देशन जारी नभएको हुँदा बीमा कम्पनीहरुले संक्रमित कर्मचारीहरुलाई नै काम लगाउन थालेका छन् ।

बीमा कम्पनीका केहि शाखा कार्यालयमा यस्तो समस्या देखिए पनि अधिकाम्स कम्पनीहरुले संक्रमित कर्मचारीहरुलाई विदा दिएर सुरक्षित रहेका कर्मचारीहरुलाई घरबाटै काम लगाइरहेका छन् ।

व्यवसाय प्रभावित हुन सक्ने

यदि यस्तै हिसावले संक्रमण बढ्दै जाने हो भने जीवन तथा निर्जीवन बीमा कम्पनीको तेस्रो त्रैमासमा राम्रो व्यवसाय हुने देखिदैन । उद्योग कलकारखाना लगभग बन्द हुने अवस्थामा छन् । सरकारले २५ जना भन्दा धेरै भेला हुन नपाउने व्यवस्था गरेको छ । सिनेमा हल तथा दोहोरी साँझ पनि सञ्चालन गर्न नपाउने भन्दै निर्णय गरिसकेको छ । स्कुल कलेज बन्द छन् । समग्रमा कोभिड १९ का कारण व्यापार व्यवसाय लगभग ठप्प हुने अवस्थामा छन् । यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा पर्ने देखिन्छ ।

सरकारले गएका वर्षमा जस्तो लकडाउन गरिसकेको अवस्था छैन । लकडाउन नगरे पनि आवतजावत धेरै कम भइसकेको छ । कार्यालयहरु खुले पनि विगतका दिनमा जस्तो काम छैन । बैंक, बीमा, पसल, उद्योग, कलकारखाना खुले पनि व्यवसाय छैन ।

बैंकहरुले आफ्ना केहि शाखा कार्यालयहरु बन्द गरिसकेका छन् । त्यस्तै आजदेखि मेगा क्यापिटल मार्केटले ग्राहक सेवा केन्द्र बन्द गरेर अनलाइन सेवालाई मात्रै सुचारु गरेको छ । यदि यस्तै स्थिति केहि दिनसम्म लम्बिदै जाने हो भने सम्पुर्ण बैंक वित्तीय संस्थाका साथै बीमा कम्पनीहरु पनि बन्द हुने अवस्थामा पुग्ने देखिन्छ । कोभिड १९ को खोपका कारण संक्रमितलाई धेरै असर नदेखाए पनि यसको असर भने भयावह बन्दै गइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS