नेप्से परिसूचक ३८ अंकले घट्यो, कारोबार रकम ६ अर्बमाथि

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव ३५ अंकले घटेर २,८९८ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज २० कम्पनीको शेयर मुल्य बढेको छ भने १६५ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २२८ वटा कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २० करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५४४ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको २० करोडमाथिको शेयर कारोबार भएको छ । हाइड्रोइलेक्ट्रिसिटीको १५ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १५ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बुद्धभुमि हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९६ प्रतितशका दरले कमाएका छन् । साङग्रीला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार