IME Life

मेट लाइफ नेपालले ३५ करोड ९ लाख रुपैयाँ लाभांश अमेरिका पठाउदै

SPIL
NIC ASIA

काठमाडौं । मेट लाइफ नेपालले वितरण योग्य मुनाफाबाट ३५ करोड ९ लाख रुपैयाँ नगद लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफा ४७ करोड १८ लाख रुपैयाँ मध्येबाट ३५ करोड ९ लाख नगद लाभांशको प्रस्ताव गरेको छ ।

लेखापरीक्षण प्रतिवेदनमा उक्त लाभांश वितरणका लागि उल्लेख गरिए पनि अन्तिम स्वीकृति भने बीमा समिति र नेपाल राष्ट्र बैंकबाट हुनु पर्छ । बीमा समितिले अन्तिम स्वीकृति दिए पछि नेपाल राष्ट्र बैंकको अनुमति लिएर मात्रै केन्द्रिय कार्यालय अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफले पाउनेछ । मेटलाइफ नेपाल मेट लाइफको शाखा भएकाले यसको साधारणसभा हुँदैन । तर शाखा नै भए पनि नेपालको प्रचलित कानुन अनुसार यो एउटा कम्पनी हो । त्यसैले यसले लेखापरीक्षण गर्नु पर्ने हुन्छ ।

Prabhu
Crest

कम्पनीले गत असोज मै बीमा समितिबाट एक्चुरियल भ्यालुएसन स्वीकृत गराएको थियो । उक्त भ्यालुएसन पछि शेयरधनीहरुका लागि वितरण योग्य मुनाफ मध्येबाट १२ करोड ९ लाख रुपैयाँ जगेडा कोषमा जम्मा गरेर बाँकी रहेको ३५ करोड रुपैयाँ लाभांशको रुपमा पठाउने प्रस्ताव गरेको हो । कम्पनीले यस भन्दा अघिल्लो आर्थिक वर्षमा १७ करोड रुपैयाँ नगद लाभांश दिएको थियो ।

मेटलाइफले २०५८ साल माघ १७ गतेदेखि जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । २० वर्षको अवधिमा कम्पनीले आफ्नो नेटवर्थ तीन अर्ब रुपैयाँ नघाउन सफल भएको छ । बीमा समितिले मेट लाइफलाई नियमकीय पूँजी जुटाउन दिएको निर्देशनको पालना गरेपछि सन् २०१६ मा महाविपत्ती कोषमा वितरण योग्य मुनाफाको १० प्रतिशत रकम महाविपत्ती जगेडा कोषमा जम्मा गर्न निर्देशन दिएको थियो । सोहि निर्देशन पछि आर्थिक वर्ष २०७६/७७ सम्ममा ६७ करोड ८३ लाख रुपैयाँ जम्मा भइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS