IME Life

मेट लाइफको दुई दशकको व्यवसायिक यात्रा : २० वर्षमा २० अर्बको जीवन बीमा कोष

SPIL
NIC ASIA

काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी ‘मेट लाइफ नेपाल’को व्यवसायिक यात्रा २० वर्ष पुरा भएको छ । मेट लाइफले नेपालमा आफ्नो व्यवसायिक यात्रा २० वर्ष पुरा गरी २१ वर्षमा प्रवेश गरेको हो । २० औ वार्षिकोत्सवको अवसरमा कम्पनीको सफलतामा अमूल्य योगदान गर्ने ग्राहकवर्गहरु प्रति कम्पनीले कृतज्ञता व्यक्त गरेको छ ।

Prabhu
Crest

दुई दशकको दौरानमा कम्पनीले आफ्नो जीवन बीमा कोष २० अर्ब रुपैयाँ पुर्याउन सफल भएको छ । त्यस्तै यस अवधिमा कम्पनीले बीमितहरुलाई २ अर्ब ५० करोड रुपैयाँको दाबी भुक्तानी गरिसकेको छ । हाल कम्पनीमा १४ लाख सक्रिय जीवन बीमालेख रहेका छन् ।

कम्पनी सँग २ अर्ब ७० करोड रुपैयाँको आरक्षण कोष तयार भएको छ । आजका दिनसम्ममा कम्पनी सँग ४० हजार भन्दा धेरै प्रतिभा विकास गरिसकेको छ । अहिलेको अवस्थामा भने मेट लाइफको ३३ वटा शाखा कार्यालय, १५९ जना कर्मचारी र ७ हजार भन्दा धेरै सक्रिय अभिकर्ता रहेका छन् । ‍

कम्पनीले १२ वटा जीवन बीमा पोलिसीहरु बजारमा बिक्री गर्दै आइरहेको छ । मेट लाइफले एजेन्सी अफिसको रुपमा जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । कम्पनीले आफ्नो बीमितहरुलाई अधिकतम प्रति हजार ८० रुपैयाँसम्मको बोनश प्रदान गरेको छ । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफको शाखाको रुपमा सञ्चालन भएकाले यसलाई बीमा समितिले न्युनतम चुक्ता पूँजी पुर्याउन दवाव दिएको छैन । कम्पनीको नेट वर्थ भने २ अर्ब ७० करोड रुपैयाँ भन्दा माथि छ ।

आफ्नो बीमालेख आंशिक/पुर्ण परिपक्व भए नभएको यकिन गरी बीमालेख परिपक्व भईसकेका ग्राहरुहलाई आंशिक/पुर्ण परिपक्वता लाभ भुक्तानी लिनका लागि कम्पनीले अनलाइ बाटै सम्पर्क राख्न अनुरोध गरेको छ । आफ्नो बीमालेखको बीमा शुल्क समयमा भुक्तानी गरी आफ्नो बीमालाई निरन्तर राखी बीमाबाट प्राप्त हुने लाभलाई सुनिश्चित गर्न कम्पनीले ग्राहकहरुलाई आफ्नो मोबाइल नम्बर अध्यावधिक गर्न समेत अनुरोध गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS