IME Life

फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८% ले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

SPIL
NIC ASIA

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १० करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको मुनाफा ३८ दशमलव ११ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

त्यस्तै, यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५० दशमलव ०४ प्रतिशतले बढेको छ । साथै, सञ्चालन मुनाफा ४५ दशमलव ११ प्रतिशतले बढेको हो । यस अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ९६ लाख रुपैयाँ रहेको छ।

Prabhu
Crest

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ५ दशमलव ०३ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सापटी १० दशमलव ७७ प्रतिशत बढेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २१ रुपैयाँ ६६ पैसा, पीई रेसियो ४३ रुपैयाँ ४ पैसा, प्रति शेयर नेटवर्थ १२७ रुपैयाँ ३७ पैसा, कोषको लागत ८.५९ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS