IME Life

नविल बैंकले स्वावलम्बन लघुवित्तको एक लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै

SPIL
NIC ASIA

काठमाडौं । नविल बैंकले आफ्नो नाममा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको एक लाख ६२ हजार ४९८ कित्ता संस्थापक शेयर बोलकबोल मार्फत बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलका लागि न्युनतम मूल्य ६५० रुपैयाँ तोकेको छ ।

इच्छुक विद्यमान संस्थापक लगानीकर्ता, सर्वसाधारण लगानीकर्ता, संघ संस्था तथा कम्पनीहरुले माघ ५ गतेदेखि माघ १८ गतेसम्ममा आवेदन दिन सक्ने छन् । इच्छुक लगानीकर्ताले नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्सालमा गोप्य शिलबन्दी बोलपत्र प्रस्तुत गर्न सक्ने छन् ।

Prabhu
Crest

आवेदकले न्युनतम एक हजार कित्ताको लागि मात्रै आवेदन दिन सक्ने छन् । अधिकतम कित्ताको लागि आवेदन दिदा विद्यमान संस्थापकको हकमा नियम अनुसार १५ प्रतिशत भन्दा ननाघ्ने गरी आवेदन दिन सक्ने छन् । आवेदकको गोप्य शिलबन्दी बोलपत्र माघ १९ गते विहान १० बजे सबैको उपस्थितिमा खोलिने बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS