IME Life

नेप्सेमा दुई लघुवित्तको शेयर सुचिकृत, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा विन नेपाल लघुवित्त वित्तीय संस्था र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयर सूचिकृत भएको छ । नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि थप हुन आएको ७ लाख २४ हजार ४६३ कित्ता साधारण शेयर सूचिकृत भएको हो ।

साथै, मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर दोस्रो बजारमा फुकुवा भएको छ । नेपाल सेवा लघुवित्त वित्तीय संस्था र वीन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि विन लघुवित्तको नामबाट एकीकृत कारोबार कात्तिक १५ गतेदेखि शुरु भएको हो । अब विन लघुवित्त वित्तीय संस्थाको नामबाट कम्पनीको शेयर कारोबार हुनेछ ।

Prabhu
Crest

त्यसैगरी आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको पनि शेयर सूचिकृत भएको छ । कम्पनीले देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी थप हुन आएको २ लाख १ हजार ६०० कित्ता साधारण सभा शेयर सूचिकृत भएको हो ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउराली लघुवित्त वित्तीय संस्थालाई १ः०.८४ अनुपातमा प्राप्ति गरेको हो ।

प्राप्ति गरी कात्तिक ३० गतेदेखि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु भएको हो । देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी थप हुन आएको शेयरसँगै कम्पनीको कुल सूचिकरण शेयर ३० लाख ६९ हजार २३२ कित्ता भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS