IME Life

नेपाल लाइफ एजेन्सी म्यानेजरको टार्गेट घटाउन सहमत, आन्दोलित अभिकर्ताको माग संबोधन गर्न कार्यदल गठन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरु सँग एजेन्सी म्यानेजरहरुलाई बढाइएको टार्गेट घटाउन सहमत भएको छ । संघर्ष समिती र कम्पनी ब्यवस्थापन बिच अभिकर्ताको स्ल्याव ९ लाखमा नविकरण शुल्क २ लाख, १२ लाख ५० हजारको एजेन्सी म्यानेजर नविकरण स्ल्यावमा ४ लाख ५० हजार बाट सेल्फ कोडमा १ लाख घाटाइ ३ लाख ५० हजार बनाउने र त्यसदेखी माथिको स्ल्यावमा समानुपातिक हिसाबले घटाउने कम्पनी ब्यवस्थापन र संघर्ष समिती बिच सहमती भएको संघर्ष समितिका सचिव रामशरण पोखरेलले जानकारी दिए ।

संघर्ष समितिका बाँकी मागहरुलाई पुरा गर्न कम्पनीले एउटा कार्यदल गठन गर्ने सहमति गरेको छ । अव आन्दोलित अभिकर्ताको सुनुवाइ यहि कार्यदलको प्रतिवदेन पछि हुनेछ । यदि उक्त प्रतिवेदनमा आएका विषयलाई कम्पनीले माघ महिना भित्रमा संबोधन नगरेमा फागुन एक गतेदेखि थप आन्दोलनका कार्यक्रमहरु गर्ने संघर्ष समितिले जनाएको छ ।

Prabhu
Crest

अभिकर्ताहरुले खाइपाइ आएको सुविधालाई कम्पनीले घटाउन खोजे पछि उनिहरु आन्दोलित भएका थिए । अभिकर्ताहरुको हित बिपरित अनावश्यक रुपमा एजेन्सी स्ल्याव ल्याइए पछि उनिहरु आन्दोलनमा होमिएका थिए । उनिहरुले गत साउन मै अभिकर्ता केन्द्रिय संघर्ष समितीको गठन गरि आन्दोलनमा उत्रिएका थिए । उनिहरु पुस १७ गतेदेखि नयाँ बीमालेख नै बन्द गराएर आन्दोलनमा थिए ।

एक साता अगाडी मात्रै बरिष्ठ डिसिइओमा नियुक्त भएका प्रविण रमण पराजुलीले आन्दोलित अभिकर्ताहरु सँग बार्ता गरेका थिए । उनले अभिकर्ताहरुलाई आन्दोलन छाडेर वार्तामा आउन आह्वान गरेका थिए । अभिकर्ताहरुले मुख्य रुपमा एजेन्सी म्यानेजरहरुको टार्गेटलाई लिएर सबैभन्दा धेरै विरोध जनाउदै आएका थिए । स्ल्याब घटाउने विषयमा सहमति जुटे सँगै अभिकर्ताहरुले आन्दोलन फिर्ता लिएका छन् । केहि मागहरु कार्यदलको प्रतिवेदनका आधारमा पुरा गर्न समेत कम्पनी तयार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS