IME Life

सार्वजनिक यातायातलाई सरकारको ९ बुँदे निर्देशन, मास्क नलगाएकालाई नचढाउनु

SPIL
NIC ASIA

काठमाडौं । काठमाडौं उपत्यका भित्र सार्वजनिक यातायातले सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने भएका छन् । उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यका भित्र सार्वजनिक यातायात सञ्चालनका लागि मापदण्डहरु तोकेको छ । सार्वजनिक यातायातमा यात्रा गर्ने सबै जनाले अनावर्य मासक् लगाउनु पर्ने भएको छ ।

Prabhu
Crest

सवारी साधनको ढोकामा र सवारी साधन भित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नु पर्नेछ । त्यस्तै चालक तथा सहचालकले मास्क र फेससिल्ड लगाउनु पर्नेछ । सावरी साधनलाई दैनिक रुपमा निसङ्क्रमित गर्नु पर्ने व्यवस्था गरिएको छ ।

सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउनु पर्ने भएको छ । मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिनेसम्मको व्यवस्था गरिएको छ । लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीचबाटोमा थप यात्रु नचढाउने गरी शुरु गन्तव्यदेखी अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरुको विवरण जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ ।

लामो दूरीमा चल्ने सार्वजनिक यातायतका यात्रुहरुलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS