चुनावको हल्लाले शेयर बजारमा तिव्र उतारचढाव, घटाएर उठाउने ठुला लगानीकर्ताको रणनीति  

काठमाडौं । चुनावको हल्लै हल्लाले शेयर बजारमा तिव्र उचारचढाव देखिएको छ । विगत डेढ महिनादेखि लगातार बढिरहेको शेयर बजारमा चुनावको हल्लाले प्रभाव पारिरहेको छ । सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संविधान अनुसार समयमै स्थानीय चुनाव गर्ने सहमति गर्दा मंगलबार केहि ठुला लगानीकर्ताले भने बिक्री गरेका छन् ।

एक महिना अगाडिदेखिनै चुनाव हुने हल्लाले शेयर बजार बढाइएको थियो । चुनावको हल्ला अगाडी नै शेयर खरिद गरेका ठुला लगानीकर्ताले नाफा बुक गर्दा आज बबजारमा तिव्र उतारचढाव देखिएको हो । नाफा बुक गर्ने क्रममा मूल्य घटाउदै सस्ता कम्पनीको शेयर उठाउने ठुला लगानीकर्ताको रणनीतिले १०.७८ अंकले मात्रै गिरावट भएको छ ।

कारोबार अवधिमा २९८१ अंकसम्म पुगेको नेप्से सूचक २९१७ अंकसम्म तल झर्यो । तर अन्तिम १० मिनेटमा बाउन्स ब्याक हुने क्रममा २९३६.६६ अंकसम्म पुगेर रोकिएको छ । आज सर्वाधिक धेरै सामलिङ पावरको शेयर मूल्यमा सुधार देखिएको छ । कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने क्रममा ६४९ रुपैयाँ पुगेको छ ।

मंगलबार १४८ वटा कम्पनीको शेयर मूल्य घट्दै गर्दा जम्मा ४० वटाको मूल्यमा मात्रै सुधार देखिएको छ । सर्वाधिक धेरै अपि पावर कम्पनीको मात्रै २८ करोड ११ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार