बैशाखमा चुनाव हुने, मिति तोक्न गठबन्धनको सिफारिस

काठमाडौं । आउदो बैशाखमा स्थानीय तहको निर्वाचन हुने भएको छ । सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संविधान अनुसार समयमै स्थानीय चुनाव गर्ने सहमति गरेको छ ।

गठबन्धनले बिहीबारकै मन्त्रीपरिषदको बैठकबाट चुनाव घोषणा गर्न सुझाव दिएको छ । सरकार सञ्चालनमा सहयोग गर्न काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा काँग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव  सदस्य छन् । साथै राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन् ।

स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि आगामी जेठ ५ गते सकिँदैछ । निर्वाचन आयोगले केहि समय अगाडी नेपाल सरकारलाई आगामी बैशाख १४ र २२ गते निर्वाचनका लागि मिति सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार