जोशी हाइड्रोपावरको तीन आर्थिक वर्षको साधारण सभा स्थगित

काठमाडौं । जोशी हाइड्रोपावर कम्पनीले माघ ३ गतेका लागि बोलाएको तीन आर्थिक वर्षको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको सभाका लागि गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो ।

कोभिड जोखिमका बीच स्थगित यो सभा पुनः आब्हानका लागि सभा हुने मिति, स्थान र समयसहित पुनः सूचना जारी गर्ने जानकारी कम्पनीले दिएको छ । कम्पनीले सभाका लागि विगत तीन आर्थिक वर्ष २०७५/ ७६, २०७६ /७७ र आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिबेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव तय गरेको थियो ।

सभाले संस्थापक समूहको प्रतिनिधित्व गर्ने तीन जना र सर्वसाधारण समूहको प्रतिनिधत्व गर्ने दुई जना सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव पनि गरेको थियो ।

कम्पनीले यसअघिको साधारण सभा प्रयोजनको लागि पुस २१ गते एक दिन बुक क्लोज गरेको छ । यस आधारमा सोही बुक क्लोजको मिति कायम भएमा पुस २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार