IME Life

रिलायन्स लाइफमा राकेश पोखरेललाई सिइओ बनाउन बीमा समितिको स्वीकृति

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले राकेश पोखरेललाई रिलायन्स लाइफको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिको प्रस्तावलाई स्वीकृत गरेको छ । कम्पनीको सञ्चालक समितिले पोखरेललाई नियुक्ति गरी स्कृतिका लागि बीमा समितिमा पेश गरेको थियो । नियामक निकाय बीमा समितिबाट स्वीकृति पाए सँगै कम्पनीको सञ्चालक समितिले अव चार वर्षका लागि नियुक्ति गर्न सक्ने भएको छ ।

पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । त्यस्तै सन् २००९ मा भारतीय बोर्ड (ICAI) बाट चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेका पोखरेलले तीन वटा जीवन बीमा कम्पनीमा काम गरिसकेका छन् ।

Prabhu
Crest

प्राइम लाइफमा इन्टर्नल अडिटरको रुपमा प्रवेश गरेका पोखरेलले साढे चार वर्ष काम गरेका थिए । प्राइम लाइफ छाडेर उनले सूर्या लाइफमा सहायक महाप्रवन्धक ‘एजिएम’ पदमा काम सुरु गरे । पछि बढुवा भएर उपमहाप्रवन्धक भए । लगभग पौने तीन वर्ष काम गरेर सूर्या लाइफ छाडेका थिए । सूर्या लाइफ पछि उनले आइएमई लाइफको सुरुवाती ६ महिनामा प्रमुखको भुमिकामा महाप्रवन्धक पदमा काम गरेका थिए । उनि विगत तीन/चार वर्षदेखि बीमा क्षेत्र भन्दा बाहिर थिए ।

यहि पुस १२ गतेदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृत पद खाली छ । निवर्तमान प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली पहिलो कार्यकाल सकाएर बाहिरिएका थिए । उनि नेपाल लाइफमा वरिष्ठ नायब  प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भइसकेका छन् ।

हाल रिलायन्स लाइफले अर्को व्यवस्था नभएसम्मको लागि नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS