जानकी टेक्नोलोजीको प्रमुख कार्यकारी अधिकृतमा मनोज थापा नियुक्त

काठमाडौं । एसएमएस सेवा प्रदान गर्दै आएको सूचना प्रविधि कम्पनी जानकी टेक्नोलोजीले पहिलो प्रमुख कार्यकारी अधिकृत पाएको छ । कम्पनीको संचालक अमित अग्रवालले मनोज थापालाई जानकी टेक्नोलोजी(स्पारो एसएमएस) को प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको घोषणा सोमबार गरेका छन् ।

सूचना प्रविधिको क्षेत्रमा एक दशकभन्दा लामो अनुभव हासिल गरेका थापालाई कम्पनीमा स्वागत गर्न पाउँदा आफूलाई खुशी लागेको संचालक अग्रवालले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार