IME Life

नेपाल राष्ट्र बैंकको वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले निरन्तर गर्दै आएको वित्तीय चेतना अभिवृद्धि कार्यक्रमको विशेष सत्र काभ्रेको नमोबुद्ध नगरपालिकामा सम्पन्न भएको छ । हिन्दूकुश इन्स्योरेन्स इनिसियटिभले व्यवस्थापन यस कार्यक्रम नमोबुद्ध नगरपालिका–१ मथुरापाटीका महिला उद्यमीको वित्तीय सिप विकासमा केन्द्रित रहेको बताइएको छ ।

कार्यक्रममा मुख्य प्रशिक्षकको रूपमा रहेका नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले पूँजीको प्रयोग सबै जनताले गर्नुपर्ने र गर्न पाउनुपर्नेमा जोड दिए । ‘गरिब र सीमान्तकृत समुदायका छोराछोरीले पठाएको रेमिट्यान्सले बैंकिङ क्षेत्र चलायमान हुने, तर तिनै गरिब र सीमान्तकृत समुदायका सदस्यहरूको बैंकमा पहुच नहुने बिडम्बनापूर्ण स्थितिबाट अर्थतन्त्र गुज्रिरहेकाले बैंकिङ सेवा भोग गर्न पाउनु सबै जनताको हक हो,’ उनले भने ।

Prabhu
Crest

कार्यक्रममा बचत, कर्जा, बीमा, शेयर बजार र वित्तीय प्रणालीका बारेमा छलफल भएको थियो । कार्यक्रमका सहभागीहरूले बैंकबाट सहज रूपमा ऋण प्राप्त गर्न नसकेको र सहुलियतपुर्ण कर्जा प्राप्त गर्न झनै कठिनाइ रहेको गुनासो समेत गरेका थिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS