यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २० दशमलव ६४ अंकले बढेर २,९४७ दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज ७ अर्ब ९० करोड १८ लाख ९० हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको शेयर कारोबार भएको छ । कम्पनीको ४४ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अपि पावर कम्पनीको ४१ करोडमाथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५५६ रुपैयाँ रहेको छ । अपर तामाकोशीको २४ करोडमाथिको शेयर कारोबार भएको छ । कम्पनीको ७४० रुपैयाँ कायम भएको छ । नेपाल टेलिकमको २३ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार