IME Life

जोखिम हामीसंगै हुन्छ तसर्थ जीवन बीमा जरुरी छ, प्रकाश कुमार श्रेष्ठको लेख

SPIL
NIC ASIA

प्रकाश कुमार श्रेष्ठ

दृश्य १

Prabhu
Crest

वैदेशिक रोजगार

हाल कोभिडको कारण वैदेशिक रोजगारको लागि विदेशिने संख्या केहि घटे पनि केहि बर्ष अघिसम्म रोजगारीको सिलसिलामा बिभिन्न मुलुकमा देशबाट बाहिरिने संख्या बार्षिक लाखौंको संख्यामा थियो । अझै पनि तीसौं लाख नेपाली विदेशमा बसी आफ्नो जीवन काट्न बाध्य छन् । आफ्नो घरपरिवार, इष्टमित्र, छरछिमेक, देशै छोडेर विरानो मुलुकमा रगत पसिना बगाउन बाध्य हुनु मुलुककै लागि बिडम्बना हो । आफू र आफ्नो परिवारको उज्वल भविष्यको मीठो सपना बोकेर बिदेश पुग्नुपर्ने बाध्यता धेरैजसो नेपालीमा छ तर सोचे झै नहुदा अनेक अकल्पनीय घटनाहरु घट्दछन् र बिभिन्न समाचार बन्दछन् ।

दृश्य २

दुर्घटना

मानिसको जीवनमा आइपर्नसक्ने दुर्घटना जुन असह्य पीडादायी हुन्छ जसलाई हामी सुन्न पनि चाहदैनौ । तर दिनहुँ जसो नै सुन्नुपर्ने हुन्छ, देख्नुपर्ने हुन्छ । दुर्घटनाले एकनास चलिरहेको दिनचर्यामा बाढी पहिरो बनेर पूरै जीवनमा उथलपुथल ल्याउदछ । जो दुर्घटनामा पर्दछ उसलाई त पीडा हुन्छ नै साथै बाँकी परिवारलाई झनै पीडासंगै आर्थिकभार पनि पर्न जान्छ । यसले मानसिक तनाव, पारिवारिक पीडा, सामाजिक समस्या, आर्थिक बोझ आदि थप्ने काम गर्दछ ।

दृश्य ३

औषधोपचार

अहिलेको दुषित खाना तथा वातावरणले गर्दा आममानिस अनेक प्रकारका नयाँ नयाँ रोगहरुबाट ग्रसित हुनु परेको छ । साथै महँगीले गर्दा सामान्य औषधोपचारको लागि पनि राम्रै खर्च जुटाउनुपर्ने हुन्छ । ठूलै उपचार/अपरेशन गर्नु पर्यो भने घरखेत नै गर्नुपर्ने अवस्था आउदछ । त्यतिमात्र नभै आर्थिक अभावको कारण अकालमा मृत्युवरण समेत गर्नुपर्ने बाध्यता हामी नेपालीलाई छ ।

दृश्य ४

बुढेसकाल

उमेर बितेसंगै हर ब्यक्तिले प्राकृतिक रुपमा नै बुढेसकालको अवस्था भोग्नुपर्दछ । जुन अवस्थामा अरुको सहारा नै एकमात्र विकल्प हुन्छ, आफूले चाहे अनुसार केही गर्न सकिने छैन यतिसम्म कि खान–लाउन, बाथरुम जान अनि बोल्नको लागि साथी पनि पाइने छैन । नेपाली परम्परा अनुसार छोरा/बुहारी नैे मुख्य सहारा हुन् भने त्यसको विकल्पमा छोरी/ज्वाईं, वृद्दाश्रम आदि । तर पनि भविष्यमा कसले हेरचाह गर्छ भन्ने कुरा अनिश्चित छ ।

…….

यी र यस्ता परिदृश्यहरु हाम्रो जीवनमा अर्थात मानव जीवनमा घटिरहने तीतो यथार्थहरु हुन् । यस्ता प्रत्येक घटनाहरुमा मानसिक, पारिवारिक तथा आर्थिक बोझ जोडिएको हुन्छ । यस्तो अवस्थामा धेरैले सान्त्वना मात्र दिने गर्दछन् । सानो सहयोग जुन चन्दा स्वरुप केहि दिनको गर्जो टार्नको लागि हुन्छ । जिम्मा लिने त कोहि हुदैनन् न आफन्त न इष्टमित्र न छरछिमेक न त कुनै संघसंस्था । हाम्रो जस्तो मुलुकमा न त सरकार नै । यसको एक मात्र विकल्प भनेको जीवन बीमा हो ।

जीवन बीमाले बिभिन्न अवस्थामा भुक्तानी दिने गर्दछ । बीमा अवधि पूरा भएपछि बिमित जीवित रहेमा तोकिएको रकम वा बीमाङ्कमा बोनस थप गरी भुक्तान गर्दछ भने बीमा अवधिभित्र बिमितको मृत्यू भएमा परिवार वा इच्छाएको ब्यक्तिलाई तोकिएको रकममा आर्जित बोनस थप गरी काजकृया खर्च सहित भुक्तान गर्दछ । यदि बिमितको अवधिभित्र दुर्घटनाको कारण मृत्यू भएमा बोनस सहित तोकिएको रकममा दुइ गुणासम्म र पूर्ण अशक्त/अंगभंग भएमा तुरुन्त तोकिएको रकम भुक्तान गर्दछ भने मासिक रुपमा केही अंश रकम अवधिभर भुक्तान गर्दछ । त्यस्तै प्राणघातक रोगहरु लागेमा पनि बीमा कम्पनीले तोकिएको बीमाङ्क रकम भुक्तान गर्दछ भने बुढेसकालमा पटक पटक गरी पेन्सनको रुपमा पनि रकम भुक्तान गर्दछ ।

बालबच्चाको जीवन बीमा गर्दा एक जना अविभावक सहित दुई जनाको बीमा हुनेछ अर्थात बच्चा र प्रस्तावक अविभावकको जोखिम बहन हुनेछ । बीमा योजना अनुसार भविष्यमा आइपर्ने जोखिम बहन पनि फरक फरक हुने गर्दछ । बीमा गर्नुभन्दा पहिले बीमितले केहि ध्यान दिनु जरुरी छ जस्तै बीमा कम्पनी र यसका लगानीकर्ताहरु, व्यवस्थापक समूह, कार्य शैली÷गतिबिधीहरु, वित्तिय विवरण, अभिकर्ताको नैतिक आचरण, लिखित बीमा योजना, त्यसबाट भविष्यमा पाउन सकिने सेवासुविधाहरु, भुक्तानी अवधि तथा रकम, भुक्तान हुने र नहुने अवस्थाहरु आदि ।

नेपालका १९ वटा जीवन बीमा कम्पनीहरुले बिभिन्न जीवन बीमा योजनाहरु बेचिरहेका छन् । जसमध्ये आफूलाई आवश्यक जति पनि पोलिसीहरु आफ्नो क्षमता अनुसार लिन सकिन्छ ।

बीमा कम्पनीहरुले बिभिन्न समयमा लाखौ/करोडौं रकमहरु भुक्तान गरेको समाचारहरु सुन्न पाइन्छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिका अनुसार आर्थिक बर्ष २०७७/७८ मा सम्पूर्ण बीमा कम्पनीहरुबाट ३४ अर्ब ८९ करोडभन्दा बेसी रकम दावी भुक्तानी भएको देखिन्छ । जसमध्ये नेपाल लाइफले ८ अर्ब ७८ करोड, नेशनल लाइफले ३ अर्ब ९५ करोड, एलआइसीले ७ अर्ब ३५ करोड, बीमा संस्थानले ३ अर्ब १९ करोड लगायत सिटिजन लाइफले ५३ करोडभन्दा बेसी भुक्तानी गरेको छ भने सबैभन्दा कम दावी भुक्तानी प्रभु लाइफले ७ करोड ६४ लाख मात्र छ । आवश्यब कागजात सहित सहि तरिकाले बीमा फारम भरेर नियमित बीमाशुल्क रकम बुझाउने हो भने अवधि पूरा भएपछि या अवधिभित्र बीमितलाई केहि भएमा बीमा कम्पनीले सजिलै दावी भुक्तानी गर्दछ ।

हो, प्रत्येक समय हामी जोखिममा बाचिरहेका हुन्छौं । हामी जति नै सुरक्षित अपनाऔं, जोखिम हामीसंगै हुन्छ । जीवन अनिश्चित छ । तसर्थ जीवन बीमा जरुरी छ !

सुरक्षित रहौं । जीवन बीमा गरौं ।

श्रेष्ठ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी जमलको शाखा प्रबन्धक हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS