नेको इन्स्योरेन्स कम्पनीको १५ प्रतिशत बोनश शेयर घोषणा

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत बोनश शेयर घोषणा गरेको छ । कम्पनीको आज माघ तीन गते विहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनश शेयर तथा नगद लाभांश बीमा समितिको स्वीकृति एवं आगामी साधारणसभाबाट पारित भएपश्चात वितरण गरिने कम्पनीले जनाएको छ । कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ५२ करोड रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश वितरण पछि चुक्ता पूँजी एक अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ ।

विगत एक दशकमा कम्पनीले वितरण गरेको लाभांश

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार