कोरोना संक्रमणको बढ्दो ग्राफ, शुक्रवार मात्रै थपिए ५ हजार ८७ संक्रमित

काठमाडौं । कोभिड १९ को संक्रमणदर तिव्र गतिमा बढिरहेको छ । शुक्रवार एकै दिन कोभिड १९ बाट संक्रमितको संख्या ५ हजार ८७ जनाले थपिएका छन् । मृत्यु हुनेको संख्या भने तीन जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार २३५ जना पुगेका छन् । शुक्रवार मात्रै ३०६ जना निको भएर डिस्चार्ज भएका छन् । २० हजार ५६० जनामा गरिएको परिक्षणबाट उक्त संक्रमित पत्ता लागेको हो । हाल सबैभन्दा धेरै संक्रमितको संख्या काठमाडौमा मात्रै ७ हजार ६२५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार