IME Life

नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक विचको मर्जर भाडियो, साधारणसभाबाट अस्वीकृत

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन बैंकको साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव अस्वीकृत भएको छ ।  शेयरधनीहरु विचमा विवाद भए पछि मतदानबाटै मर्जरको विशेष प्रस्तावलाई ४२.२९ प्रतिशतले अस्वीकृत गरेर कर्मचारी सञ्चयकोष सँगको मिलेमतोमा अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले भाडिएका हुन् ।

हिमालयन बैंकले आज मर्जरको विशेष प्रस्ताव सहित २९ औ वार्षिक साधारणसभा आयोजना गरेको थियो । बैंकका अध्यक्ष प्रचण्ड बहदुर श्रेष्ठले स्वाप रेसियो नमिलेको भन्दै समर्थन नगरे पछि भोटिङको लागि आह्वान गरेका थिए । उनलाई कर्मचारी सञ्चयकोषले साथ दिए पछि मर्जको विपक्षमा ४३.६३ प्रतिशत मत खसेको थियो ।

Prabhu
Crest

मतदानका क्रममा कुल प्रोक्सी भोट ९ करोड २५ लाख २३ हजार ४१० आएकोमा मर्जरको पक्षमा ४३.६३ प्रतिशत भोट खसेको थियो भने विपक्षमा ४२.२९ प्रतिशत मात्रै खसेको थियो । अध्यक्ष श्रेष्ठले आफ्नो हातमा ३६ प्रतिशत भन्दा माथिको एक ढिक्का शेयर रहेको भन्दै अहिलेलाई मर्जर प्रकृयाँ अगाडी बढ्न नसक्ने भन्दै निर्णय सुनाएका थिए ।

यस सँगै अहिलेलाई मर्जर रोकिएको छ । साधारणसभामा भएको चर्का चर्कीकै विचमा पनि मर्जर भाडिएको छ । सर्वसाधारण शेयरधनीहरुले मर्जरलाई सफल बनाउनु पर्ने भन्दै सञ्चालकलाई दवाव दिएका थिए । हिजोका दिनमा स्वाप रेसियोमा दुबै बैंक विचमा सहमति जुटिसकेको थियो । बैंकका सञ्चालक सुनिल बहादुर थापाले मर्जरलाई आफु खुसी नभाड्न चेतावनी दिए पनि अध्यक्ष श्रेष्ठले जवरजस्ती मर्जरलाई भाडेका हुन् । श्रेष्ठले यस अगाडी नै मर्जर भाड्न खोजेका थिए ।

तर नेपाल राष्ट्र बैंकले लाभांश नै रोकिदिए पछि बैंकले साधारणसभाको विशेष प्रस्ताव सहित आज साधारणसभा बोलाएको थियो । उनले साधारणसभाबाटै अस्वीकृत गराउन कर्मचारी सञ्चयकोषलाई हाता लिएर भाड्न सफल भएका हुन् । शेयरधनीहरुले कर्मचारीको व्यवसायिकतालाई लिएर प्रश्न समेत गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS