IME Life

नेपाल बंगलादेश बैंकको शेयर कारोबार रोक्का, मर्जर पछि शेयरधनीलाई फाइदा कि घाटा ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बंगलादेश बैंकको शेयर कारोबार आइतबारदेखि बन्द हुने भएको छ । बैंकले नविल बैंक सँग गाभिने सहमतिपत्रमा हस्ताक्षेर गरे सँगै दोस्रो बजारमा कारोबार रोक्का हुने भएको हो । कारोबार रोक्काका लागि बैंकले नेपाल स्टक एक्सचेन्जलाई कारोबार रोक्का लागि पत्र पठाएको छ । अव नेप्सेले बैंकको कारोबार रोक्का गर्नेछ ।

हिजो विहीबार दुबै बैंकले मर्जरका लागि सहमति पत्रमा हस्ताक्षर गरेका छन् । दुबै बैंक विच १०० बराबर ४३ रुपैयाँको अनुपातमा सहमति भएको हो । नविलले बंगलादेश बैंकको शेयर ४३ रुपैयाँमा खरिद गर्ने भएको हो ।

Prabhu
Crest

मर्जर पछि नेपाल बंगलादेश बैंकका शेयरधनीहरुको कित्ता घट्ने छ । यदि १०० कित्ता बंगलादेश बैंकको शेयर रहेको छ भने नविलको हुँदा ४३ कित्तामा झर्नेछ । हाल नविल बैंकको शेयर मूल्य १११० रुपैयाँ छ भने बंगलादेशको ३९९ रुपैयाँ छ । मर्जर पुरा नभएसम्म बंगलादेश बैंकका शेयरधनीको कारोबार पुर्ण रुपमा रोक्का हुनेछ । मर्जर भएर दोस्रो बजारमा सूचिकृत भए पछि मात्रै शेयरधनीले कारोबार गर्न पाउने छन् । यसका लागि कम्तिमा पनि ६/८ महिना लाग्न सक्छ ।

पछिल्लो समय मर्जरको हल्लाको पछाडी लागेर ४०० रुपैयाँ भन्दा माथिको मूल्यमा शेयर किन्नेहरुलाई मर्जर पछि खासै फाइदा हुने देखिदैन । उनिहरुलाई फाइदा हुन मर्जर पछि नविल बैंकको शेयर मूल्य कम्तिमा पनि एक हजार रुपैयाँ भन्दा माथि हुनु पर्नेछ । बंगलादेश बैंकको पछिल्लो १८० दिनको औषत मूल्य ४०७ रुपैयाँ छ । एक वर्षको अवधिमा सर्वाधिक धेरै ५१५ रुपैयाँमा कारोबार भएको छ । यो नविल बैंक सँग मर्ज हुने हल्लाले उचालिएको थियो । यो मूल्यमा शेयर खरिद गरेर बसेकाहरुलाई भने खासै फाइदा हुने देखिदैन ।

मानौ कसैले हिजोका दिनमा नेपाल बंगलादेश बैंकको शेयर प्रति कित्ता ४०० रुपैयाँको दरमा खरिद गरेको छ । यस आधारमा उसको लागत ४० हजार रुपैयाँ पर्न जान्छ । मर्जर पछि उसको शेयर १०० कित्ताबाट ४३ कित्तामा झर्नेछ । उक्त शेयरधनीलाई नाफा हुन मर्जर पछि नविल बैंकको शेयर कम्तिमा पनि ९३० रुपैयाँ हुनु पर्नेछ ।

अहिले शेयर बजार बुलिस ट्रेण्डमा भएकोले अहिलेको मूल्य सँग तुलना गर्दा उपयुक्त हुँदैन । यदि मर्जर प्रकृयाँमा सामान्य ढिलाइ भयो भने पनि नेपाल बंगलादेशका शेयरधनीहरुले नविल बैंकको राम्रो मूल्य प्राप्त गर्न सक्दैनन् । तर उनिहरुले आगामी वर्षमा नविल बैंकको आकर्षक लाभांश भने पाउन सक्ने छन् । मर्जर पछि नेपाल बंगलादेश बैंकको ५७ प्रतिशत पूँजी नविल बैंकको जगेडा कोषमा जम्मा हुनेछ । अर्थात नविल बैंकको जगेडा कोषमा नेपाल बंगलादेश बैंकको शेयर पूँजीबाट ५ अर्ब ७४ करोड रुपैयाँ जोडिनेछ । यस रकमबाट मात्रै नविल बैंकले मर्जर पछि कायम पूँजीमा २५ प्रतिशत बोनश शेयर दिन सक्ने क्षमता राख्दछ ।

यसबाट सबैभन्दा धेरै नविल बैंकका शेयरधनीहरु लाभांन्वित हुनेछन् भने बंगलादेश बैंकका शेयरधनीहरुले नविल बैंकको ब्राण्ड र भोलिका दिनमा आकर्षक लाभांश पाउने सुनिश्चितता रहनेछ । बाणिज्य बैंकहरु मध्ये सबैभन्दा राम्रो ट्र्याक रेकर्ड बनाएको नविलले विगतका वर्षमा कहिले पनि शेयरधनीहरु सँग हकप्रद मागेको छैन । नेपाल राष्ट्र बैंकले पूँजी बृद्धि योजना ल्याउदा बैंकले आफ्नै आम्दानीबाट बोनश शेयर दिएर पूँजी पुर्याउन सफल भएको थियो ।

यो पनि पढ्नुहोस्

 

नविल बैंकले बंगलादेश बैंकलाई ४३ रुपैयाँमा प्राप्ति गर्ने, विनोद चौधरीको हिस्सा खुम्चिने

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS