IME Life

महालक्ष्मी लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा माघ २७ गते

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले माघ २७ गते चौथो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले प्रधान कार्यालय कमलपोखरीमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन उपर छलफल गरी पारिने प्रस्ताव लैजाने भएको छ । त्यस्तै लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ साल असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७६/७७ को आय व्यव हिसाव, नाफा/नोक्सान र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्नेछ । सञ्चालक समितिद्धरा स्वतन्त्र सञ्चालकमा नियुक्त रविराज भट्टराईको नियुक्तिलाई अनुमोदन गर्ने भएको छ । लेखापरीक्षण समितिद्धारा सिफारिस आनन्दराज शर्मा वाग्ले, वाग्ले एण्ड एसोसियट्सलाई आर्थिक वर्ष २०७७/७८ अवधिका लागि लेखा परिक्षकमा नियुक्त गर्ने प्रस्ताव रहेको छ ।

Prabhu
Crest

कम्पनी ऐन २०६३ को दफा १०५ (१) (ग) बमोजिम आर्थिक वर्ष २०७६/७७ मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव साधारणसभा लैजाने भएको छ । साधारणसभा कोभिड १९ को संक्रमणका कारण भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS