IME Life

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, कति दिँदैछ बोनश ?

SPIL
NIC ASIA

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनश र कर प्रयोजनका लागि ० दशमलव ५८ प्रतिशत नगद लाभांश सहित कुल ११ दशमलव ५८ लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुस २९ गते  बसेको संचालक समितिको बैठकले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश बीमा समितिले स्वीकृति गरी कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । कम्पनीले गत आर्थिक वर्षको भन्दा लाभांश बढाएको हो ।

Prabhu
Crest

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १६ करोड रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश पारित भए सँगै कम्पनीको चुक्ता पूँजी एक अर्ब २८ करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले बीमा कम्पनीहरुलाई नगद लाभांशमा रोक लगाए सँगै कम्पनीले बोनश शेयर मात्रै दिने घोषणा गरेको हो । कम्पनीहरु भोलिका दिनमा जोखिममा आधारित पूँजीमा जानु पर्ने भएकाले समितिले यस वर्ष सबै कम्पनीलाई बोनश शेयर मार्फत पूँजी बढाउन निर्देशन दिएको हो ।

0078359e371d13f5013484295b41ad7d

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS