लुम्बिनी जनरलको कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले संखुवासभाको खांदवारीमा कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले यहि पौष २० गतेदेखि ३ दिनसम्म उक्त तालिम सम्पन्न गरेको हो ।

उक्त तालिममा २६ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । तालिममा बीमा समितिका उपनिर्देशक निर्मल अधिकारी र कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाले सहभागीहरुलाई तालिम प्रदान गरेका थिए ।

तालिममा जिल्ला समन्वय समितिका संयोजक सुमन शाक्य, जिल्ला पशु सेवा कार्यालयका प्रमुख हिमालय पोखरेल लगायत कम्पनीका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार