IME Life

कोभिड खोप लगाउन बाँकी कर्मचारीलाई अनिवार्य लगाउन समितिको निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले कोरोना खोप लगाउन बाँकी रहेका कर्मचारीहरुलाई अनिवार्य रुपमा खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ । समितिले कोरोना बिरुद्धको खोप सबै कर्मचारीले लगाए नलगाएको यकिन गरी खोप लगाउन बाँकी रहेका कर्मचारीलाई अनिवार्य रुपमा खोप लगाउने व्यवस्था मिलाउन सम्पुर्ण बीमा कम्पनीहरुले निर्देशन जारी गरेको हो ।

Prabhu
Crest

विश्वव्यापी रुपमा कोभिड १९ तिव्र रुपमा फैलिएको र नेपालमा पनि संक्रमणको दर बढ्दै गइरहेकोले कोभिड संक्रमणको जोखिमलाई न्युनिकरण गर्न नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पलना गर्नका लागि सबै बीमा कम्पनी ५ बुँदे निर्देशन जारी गरेको छ ।

समितिले बीमा कम्पनीको कार्यालयमा उपस्थित कर्मचारी तथा सेवा ग्राहीहरुमा कोभिड संक्रमण जोखिमलाई कम गर्न भौतिक दुरी कायम गरी कार्य गर्ने वातावरण मिलाउन निर्देशन जारी गरेको छ । त्यस्तै कम्पनीहरुले कार्यालयमा उपस्थित कर्मचारी तथा सेवा ग्राहीहरुलाई आवश्यक मास्क तथा सेनिटाइजरको व्यवस्था मिलाउनु पर्ने भएको छ ।

कम्पनीहरुबाट सञ्चालन गरिने तालिम, गोष्ठी तथा अन्य कार्यक्रमहरुमा बढिमा १५ जनासम्म मात्र उपस्थित हुने गरी भौतिक दुरी कायम राखेर सञ्चालन गर्नु पर्ने समितिको निर्देशनमा उल्लेख छ । तालिम तथा गोष्ठी जस्ता कार्यक्रमहरु सम्भव भएसम्म भर्चुअल विधिबाट सञ्चालन गर्नु पर्ने भएको छ ।

पछिल्ला दिनमा कोभिड १९ को संक्रमणदर उच्च मात्रामा बढ्न थाले सँगै नेपाल सरकारले २५ जना भन्दा धेरैको भिडभाडलाई निषेध गरेको छ । त्यस्तै माघ ७ गतेदेखि सार्वजनिक क्षेत्रमा जादा खोप कार्डलाई अनिवार्य गरिएको छ । त्यसैले बीमा कम्पनीहरुले पनि सेवा ग्राहीहरुलाई सेवा प्रवाहका लागि आउदा खोप कार्डलाई अनिवार्य गर्नु पर्ने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS