तेह्रथुम पावरको सञ्चालकमा बीमा समितिका पूर्व कर्मचारी कार्की निर्वाचित

काठमाडौं । बीमा समितिका पूर्व निमित्त कार्यकारी निर्देशक श्रीमान कार्की तेह्रथुम पावरको सञ्चालकमा निवार्चित भएका छन् । उनि स्थानीय शेयरधनीहरुको प्रतिनिधित्व गर्दै निर्वाचित भएका हुन् । हिजो सम्पन्न भएको चौथो वार्षिक साधारणसभाले कार्की सहित सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै बिमल कुमार ढुङ्गाना निर्वाचित भएका छन् ।

हिजो सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, सञ्चालकहरुको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार