IME Life

इन्स्योरेन्स कम्पनीमा रोजगारीका अवसरको बहार, कुन कम्पनीले कति मागे ?

SPIL
NIC ASIA

काठमाडौं । विभिन्न चार कम्पनीले कर्मचारी पदपुर्तिका लागि दरखास्त आब्हान गरेका छन् । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारीको माग गरेका छन् । पछिल्लो समय बीमा कम्पनीहरुले धेरै संख्यामा कर्मचारीको पदपुर्ति गर्दै आएका छन् ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ पदमा कर्मचारीको माग गरेको हो । कम्पनीले हेड–ट्रेनिङ , हेड–ब्रान्डिङ एण्ड डिजिटल मार्केटिङ, क्लेइम अफिसर, कम्प्लियन्स अफिसर, एडमिनिस्ट्रेसन अफिसर, अकाउन्ट असिस्टेन्टका लागि केही, सेल्स एण्ड मार्केटिङका लागि केही संख्यामा कर्मचारी माग गरेको जनाएको छ ।

Prabhu
Crest

साथै, कम्पनीले चन्द्रानिगाहापुर, उर्लाबारी, दमक, इटहरी, दलदले, गीतानगर, किर्तिपुर र पुतलीसडक शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले सुचना प्रकाशित भएको मितिले १० दिनभित्र सम्पूर्ण आवश्यक कागजातसहित कम्पनीमा निवेदन दिन आग्रह गरेको छ ।

त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीले चार्टर्ड अकाउन्टेन्टका लागि ७ जना, असिस्टेन्ट म्यानेजरका लागि १ जना, असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर,अफिसर र जुनियर अफिसरका लागि १० जना र सुपरभाइजरका लागि २० जना कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो कार्यालय तथा विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले एक महिनाभित्र आवेदन दिनुपर्नेछ ।

त्यसैगरी, प्रभु इन्स्योरेन्स कम्पनीले अफिसर, सिनियर अफिसर र असिस्टेन्ट म्यानेजरका लागि कर्मचारीको माग गरेको जनाएको छ । कम्पनीले उक्त पदमा केही संख्यामा कर्मचारीको माग गरेको एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीले काठमाडौं, बनेपा तथा अन्य शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

साथै, राष्ट्रिय बीमा कम्पनीले १० पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न पदा २४ जना कर्मचारी माग गरेको हो । कम्पनीले राष्ट्रिय बीमा कम्पनी र उक्त कम्पनी अन्तर्गत निकायमा रहेका पदहरुमा कर्मचारी सेवा, सर्त र विनियमावली–२०७४ अनुसार पदपुर्ति गर्न लागेको जनाएको छ ।

कम्पनीले व्यवस्थापका लागि १ जना, सह व्यवस्थापक खुल्ला र मधेसी १ जना, नायब व्यवस्थापक मधेसी १ जना, कानुन अधिकृतमा १ जना, सुचना प्रविधि अधिकृत महिला १ जना, सहायक व्यवस्थापक ९खुल्ला, आदिवासी, मधेसी० ५ जना ,सुचना प्रविधि अधिकृत ९खुल्ला, महिला० १ र१ जना सुचना प्रविधि सहायकमा १ जना, सहायक क मा ७ जना र सहायक ख मा ६ जना कम्पनीले कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका आवेदकले माघ १ गतेसम्म आवेदन दिन सक्नेछ् । डबल दस्तुर तिरी माघ १० गतेसम्म आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS