एनआईबिएल समृद्धि फण्ड १ पुस २२ गते परिपक्क हुने

काठमाडौं । एनआइबिएल एस क्यापिटलले संचालनमा गरिरहेको एनआईबिएल समृद्धि फण्ड १ सामुहिक लगानी कोष योजना पुस २२ गते परिपक्क हुने भएको छ । ७ वर्षे अवधिको यस म्युचुअल फण्डको अन्तिम कारोबार २०७८ भोलि पुस २२ गतेसम्म हुनेछ ।

फण्ड २०७१ पुस २३ गतेदेखि संचालनमा आएकोमा ७ वर्षको अवधि सकेर २०७८ पुस २२ गते परिपक्क हुनेछ । प्रति इकाई १० रुपैयाँ अंकित मूल्य रहेको फण्डमा कुल १० करोड इकाई रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार