IME Life

ईसेवामा सबै जीवन बीमा कम्पनी समेटिए, आधाभन्दा बढी निर्जीवन बीमक पनि

SPIL
NIC ASIA

काठमाण्डौं । डिजिटल भुक्तानी सेवा प्रदायकहरुमध्ये अग्रणी मानिएको निजी क्षेत्रको ईसेवा वालेटमा जीवन र निर्जीवन बीमकसहित ३३ वटा बीमा कम्पनी आवद्ध भएका छन् । ईसेवाका अनुसार संचालनमा रहेका सबै १९ वटा जीवन बीमा कम्पनी र कूल २० वटा निर्जीवन बीमकमध्ये १४ वटा निर्जीवन बीमकको बीमाशुल्क भुक्तानी गर्ने सुविधा समेत ईसेवामा उपलब्ध छ ।

Prabhu
Crest

नविकरण बीमाशुल्क ईसेवामार्फत् २४ सै घण्टा जहाँसुकैबाट सहजै भुक्तानी गर्न संभव छ । केही जीवन बीमकको प्रथम बीमाशुल्क र बीमालेख कर्जाको साँवा तथा ब्याज समेत ईसवामार्फत् भुक्तानी गर्न सकिने सुविधा उपलब्ध छ । जीवन बीमालेख र निर्जीवन बीमालेखको नविकरण बीमाशुल्क संकलनको लागी ईसेवा प्रभावकारी माध्यम बनेको छ । अझ जीवन बीमा कम्पनीहरुले नयाँ बीमालेखको बिक्रीभन्दा नविकरण बीमाशुल्कबाट मनग्ये आम्दानी हुने भएको हुँदा नविकरण बीमाशुल्कको संकलनमा डिजिटल माध्यमलाई भरपुर प्रयोग गर्ने प्रयास गरिरहेका छन् ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकमको अभावमा तरलता अभाव चुलिएको बेला प्रथम बीमाशुल्क आर्जनमा नकारात्मक प्रभाव परेको छ । त्यसैले विशेषगरी पुराना जीवन बीमकहरु बीमितलाई सक्दो सुविधा दिएर नविकरण बीमाशुल्क आर्जनलाई डिजिटल माध्यममार्फत् संकलन गर्न प्रयत्नरत छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS