बीमा क्षेत्रमा मानव संसाधन विभागको वर्तमान अवस्था: सुभाष कोईरालाको लेख

कर्मचारीद्वारा कर्मचारीका लागि तथा कर्मचारीले नै शासन गर्ने विधि नै मानव संसाधनको मूल मन्त्र जोड्न पाउ“दा गर्विलो महसुस हुने गर्दछ । अतः कर्मचारीको शासन पद्दतिमा मानव संसाधन विना कुनै पनि क्षेत्रको औचित्य छैन् । तर यसो कलम चलाईरहदा भने मानव संसाधन अझ विभाग यस क्षेत्रमा कम प्राथमिकतामा रहने गरेको पाईन्छ । विशेषतः निजी बीमकमा फरक दृष्टिकोणले कार्य हुने भएतापनि सरकारी निकायमा भने बिल्कुनै फरक छ ।

वर्तमान अवस्थाः बीमा क्षेत्रमा संस्थागत सुशासन निर्देशिका २०७५को दफा (२२) ३ अनुसार मानव संसाधन (प्रशासन सहित), बजार व्यवस्था, जोखिमाङ्कन, वित्त, सूचना प्रविधि, पुनर्बीमा, दावी गरि ७ विभाग हुनु पर्ने व्यवस्था भएको छ । साथै आन्तरिक नियन्त्रण र परिपालना थप गरि कार्य भैरहेको अवस्था छ । यसै परिप्रक्ष्यमा हेर्दा मानव संसाधनले कर्मचारी नियुक्ती गर्ने, नियुक्ती पश्चात बजार व्यवस्थाले व्यवसाय गर्ने, जोखिमाङ्कनले व्यवसाय लिने, व्यवसायलाई लेखाले आयमा गणना गर्ने, व्यवसायको जोखिम कम गर्न पुनर्बीमाले जोखिम हस्तान्तरण गर्ने, सूचना प्रविधिले प्रविधिको अनुरुप प्रतिवेदन तथा विश्लेषण गर्न लायक बनाउने अन्त्यमा दावीबाट भुक्तानी प्रदान गर्ने गरि एउटा चक्र सम्पन्न हुने गरेको देखिन्छ ।

यसका अलावा नियमानुसार कार्य भए नभएको कैफियत आदि हेर्ने परिपालन तथा आन्तरिक नियन्त्रणले सञ्चालनमा हुने गरेका दुरुपयोग आदि रोक्न अहम् भूमिका खेलेका हुन्छन् । यस अर्थमा, सबै विभागको आफ्नै जिम्मेवारी, महत्व रहने भएतापनि बजारीकरणलाई अघिल्लो श्रेणीमा तथा जोखिमाङ्कन लगायत दावी, पुनर्बीमा, सूचना प्रविधि, लेखा तथा मानव संसाधनको क्रम पछिल्लो श्रेणीमा गणना गरि सोहि अनुसारको प्राथमिकता प्रदान गरिएका पाईुन्छन् । अघिल्लो श्रेणीमा उल्लेख भएकाहरुको उत्पादकत्व कति व्यवसाय ग¥यो भन्ने हिसाबले हुने भएबाट अवसरमा उनीहरुकै वर्चस्व हुने गर्दछ । अपवाद वाहेक अन्य श्रेणीमा कार्यरतहरुको बढुवामा समेत कम अवसर हुने गर्दछ । यसका अलावा तालिम प्रदान गर्ने, एजेन्सी (कमीशन)सम्बन्धि कार्य गर्ने छुट्टै विभाग समेत राख्ने गरिएको छ ।

मानव संसाधनमा कस्तो जनशक्ति उपयुक्त हुने भन्ने विश्लेषण कमै हुने गरेको र आफू मातहतमा कार्य गर्न सक्ने यस विशेषत म्यान राख्नु पर्ने गरि कार्य हुने गरेको अवस्था छ । त्यसमाथि आफू अनुकूल कार्य गर्ने र मानव संसाधनमा दख्खल नभएको प्रतिनिधिहरुलाई समेत जिम्मेवारी दिने गरिएको प्रसंग विविध रुपमा उठने गरेको छ । प्राथमिकता पनि उच्च तहमा कमै हुने गर्दछ । विशेषतः प्रमुख कार्यकारीको सहकार्यमा रहि कार्य गर्ने भए तापनि स्वतन्त्र रुपमा कार्य गर्न सक्नेमा विश्वस्त हुने आधार देखिदैन । साथै, सञ्चालक समितिको रोहवरमा कार्य गर्ने मौका पाउदा पनि क्षमता विकाशमा कमै अवसर सिर्जना हुने गर्दछ ।

कर्मचारी भर्ना प्रकृयामा विज्ञापन गर्ने अहम् भूमिका रहने भएतापनि ततपश्चात अ¥हाएको कार्य सम्पन्न गर्ने बाहेक आफ्नै दक्षता तथा क्षमता कमै प्रयोग गर्न सकिरहेको अवस्था देखिन्छ । यस अवस्थामा यस विभागको कार्य भने नियम बनाउने, पालना गराउने मात्र हुने भएकोले आफू अनुकूल नभएमा अन्य विभागबाट मिच्ने समेत देखिन्छ । कर्मचारीवर्गको गुनासोको स्रोत हुने भए तापनि समाधान गर्न कमै पहल हुने गरेको देखिन्छ । विज्ञापन पनि व्यवसाय बढाउने कार्यमा मात्र बढी केन्द्रित हुने देखिन्छ । जति व्यवसाय बढेपनि यस विभागमा न्यून संख्यामा कर्मचारी राख्ने र कार्य गराउने नीति लिएको देखिन्छ । अझ अन्यत्री भएमा हटाउने र आफ्नालाई भर्ना गर्ने प्रवृत्ति व्यवस्थापन वा सञ्चालक समितिमा हावी रहेबाट मानव संसाधन विभागलाई कसरी सिर्जनशील, उत्पादकत्वमुखी, प्रविधिमैत्री तथा सेवा मूलक बनाउन सकिन्छ भनि ध्यान दिन सकेको देखिदैन् ।

समाधानका उपायः सकभर आफ्ना नजिकका मान्छे यस विभागमा राख्ने प्रवृत्तिले यो विभाग खासै पेशागत दक्षतामा उत्रिन सकेको छैन् । परम्परागत शैलीमै कार्य गर्न अभ्यस्त भैसकेका कम्पनीहरुले नवप्रवर्तन कार्यलाई बाधा ठान्ने भएको हु“दा समय सपेक्ष रुपमा परिवर्तन आत्मसात गरि प्रविधियुक्त रुपमा कार्य गर्ने हो भने हाम्रालाई भन्दा राम्रा र दक्षलाई यो विभागमा नियुक्ती दिनु पर्ने देखिन्छ । यसले विभागको कार्य गर्ने मात्र नभई सुशासनलाई समेत सघाउ हुने हुँदा  कर्मचारी भर्ना तथा छनौटमा स्वतन्त्र, पारदर्शी प्रकृया अपनाउन सके संस्थालाई व्यवस्थापनको दृष्टिमा अब्बल बनाउन सकिन्छ ।

बीमकको भूमिकाः बीमकहरुले आफू मातहका विभागलाई रचनात्मक प्रतिस्पर्धा गराउन सक्नु पर्दछ । कर्मचारीको गुनासोमा कमी ल्याउन अन्तक्रिया गर्ने, विभागका कार्य, प्रक्रियाबारे कर्मचारीलाई सुसूचित गर्ने, नियम पालनामा सरलतास“ग जानकारी प्रदान गर्ने, सीमा सम्मको अख्तियार प्रदान गर्ने (क्षमता अभिवृद्धिका लागि), तालिम तथा छनौटमा समान अवसर प्रदान गर्र्ने तथा सेवा प्रवाहमा सिघ्रता हुने गरि सुधारात्मक कार्य गराउन सके मानव संसाधन विभागले संस्थाकै व्यवसाय तथा सेवा प्रवाहमा आमूल परिवर्तन ल्याउन सघाउनेमा कसैको दुईमत हुन सक्दैन् ।

बीमा समितिको भूमिकाः बीमकमा उपलब्ध भएको प्रमुख विभाग भएतापनि समितिबाट यस विभाग लगायतका पदाधिकारीसंग खासै घुलमिल हुन नसकिरहेको अवस्था छ, अझ भनौ पहुँच  नै पुगेको छैन् । समिति मार्फत जारी भएका प्रशासनिक निर्देशिकाहरु पालना गर्न गराउन जिम्मेवार निकाय भैकन पनि उपेक्षित बन्नु र कार्य दौरान हुने गरेका अप्ठेराहरु, दवाव, हस्तक्षेपबारे थाहा पाएर पनि समिति मौन बस्नु वा कुनै कारवाही गर्न नसक्नुले पनि यो विभाग वास्तवमा छायाँया  परिरहेको देखिन्छ । विभागस“ग निरन्तर सम्पर्क र सम्वाद गरी आफूले जारी गरेका निर्देशिकाहरु पालना गराउन सक्ने र महत्वपूर्ण सूचना लिन हतियार हुने भएकोले पेशागत दक्षता, गोपनियता कायम राख्न पनि विभागस“ग सामिप्य बढाउनु पर्ने देखिन्छ ।

सारांशः मानव संसाधन विना कुनै पनि विभागको औचित्य छैन् । मानव संसाधन विभागको बाध्यताले अनुभवलाई मात्र खोजिखोजि अवसर प्रदान गर्ने गरेको तथ्य जगजाहेर नै छ तर नयाँ  तथा अनुभवहिनलाई उक्त विभागमा कमै अवसर प्रदान गरिने गरेको अवस्था छ । विज्ञापन गर्ने तर प्रकृयागत कार्यमा पारदर्शी नहुनाले एकातिर शैक्षिक बेरोजगार खपत नहुने र भएपनि अनुकूलका लागि मात्र हुने गर्दा कम्पनीहरुले लिएको उद्देश्य व्यवसायको दृष्टिले पूरा त होला तर असल एवं सक्षम जनशक्ति भित्राउन सक्ने अवसरबाट पूरा हुन सक्नेमा पूर्णत विश्वस्त हुन किमार्थ सकिदैन् ।

(कोईराला राष्ट्रिय बीमा संस्थानमा बीमा विज्ञका रुपमा कार्यरत छन् )

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार