IME Life

आजदेखि एनएमबि सरल बचत फण्ड – इ को इकाई खरिद विक्री गर्न सकिने

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि क्यापिटलको पहिलो खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाईहरु आजबाट खरिद विक्री गर्न सकिने भएको छ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनएमबि सरल बचत फण्ड – इ नामक खुलामुखी योजनाको इकाईहरु आज पुस ५ गतेबाट खरिद विक्री गर्न सकिने भएको जनाएको छ ।

हालको लागि क्यापिटलको कार्यालय नागपोखरीबाट इकाई खरिद विक्री गर्न सकिने जनाएको छ। आजदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म इकाई खरिद विक्री हुने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार शुक्रबार, शनिबार तथा सार्वजनिक बिदाका दिनमा यस योजनाका इकाईहरुको खरिद विक्री बन्द हुनेछ ।

Prabhu
Crest

यस खुलामुखी योजनाको एनएमबि बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेका छन् । क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत रहने गरि १ अर्ब आकारको एनएमबि सरल बचत फण्ड ई नामको खुलामुखी योजनाको इकाई निष्काशन गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS