IME Life

जोखिममा आधारित पूँजीबारे सरोकारवालासँग अन्तर्क्रिया गर्दै बीमा समिति

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीहरुको लागी जोखिममा आधारित पूँजी सम्बन्धमा बुधबार(आज) बीमा समितिले सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्दैछ ।  विश्व बैंकसँग संयुक्तरुपमा बीमा समितिले अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्न लागेको हो ।

बीमा कम्पनीहरुको प्रकृति अन्य बैंक तथा वित्तीय संस्थाहरुको जस्तो नभई फरक किसिमको भएको हुँदा बीमितहरुको हितलाई सुरक्षित गर्नको लागी बीमा कम्पनीहरुले बहन गरेको जोखिममा आधारित पूँजी र पूँजी कोष हुनुपर्ने अवधारणा अनुरुप ‘रिस्क बेस्ड क्यापिटल’ निर्धारण गर्न लागिएको हो ।

Prabhu
Crest

कम्पनीहरुले लिएको दायित्वलाई आफु सँग भएको पूँजीले कतिसम्म धान्न सक्छ भन्ने गणना विधि नै जोखिममा आधारित पूँजी हो । नियामक नियकाले निर्देशन गरेको पूँजीले कम्पनीहरुलाई प्रयाप्त कुशन प्रदान गर्न नसक्ने भएकाले जोखिममा आधारित पूँजीको आवस्यक पर्छ । पूँजीकोष प्रर्याप्त नहुँदा कम्पनीहरुले थप व्यवसाय विस्तार गर्न सक्दैनन् ।

हाल बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि न्युनतम चुक्ता पूँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुका लागि एक अर्ब तोकेको छ । यस्तो पूँजी कतिपय कम्पनीहरुका लागि प्रयाप्त छैन भने कतिपय कम्पनीहरुलाई बढि भैरहेको छ ।

जीवन तथा निर्जीवन बीमा कम्पनीको आ-आफ्नै किसिमको जोखिम रहेको हुन्छ । कम्पनीले कस्तो किसिमको जोखिम बहन गरेको छ त्यहि आधारमा पूँजी कायम गर्न सक्नु पर्छ । जखिममा आधारित पूँजी गणना गर्दा सम्पत्तीको जोखिम, अण्डराइटिङ जोखिम र अन्य जोखिमलाई हेरिन्छ । कतिपय अवस्थामा जीवन बीमा कम्पनीहरुका लागि व्याजदरको जोखिमलाई पनि हेरिन्छ ।

बीमा समितिले सरोकारवालाहरुसँगको अन्तर्क्रियाबाट प्राप्त राय सुझावको आधारमा यस सम्बन्धमा आवश्यक नीति नियम तय गर्नेछ ।  बीमा समितिले विश्व बैंक सँगको सहकार्यमा जोखिममा आधारित पूँजीका विषयमा अध्ययन गरिरहेको छ । सोहि क्रममा आज सरोकारवालहरु सँग अन्तर्क्रिया गर्न लागिएको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । अध्ययन प्रतिवेदन आए पछि चरणबद्ध रुपमा बीमा कम्पनीहरुलाई रिस्क बेस क्यापिटलमा जान निर्देशन दिइने उनले बताए । उनले भने ‘बीमा कम्पनीहरु अन्ततः यहि प्रणालीमा जानै पर्ने भएकाले हामी एक पछि अर्को गर्दै चरणबद्ध रुपमा लैजान्छौ ।’

बीमा समितिका अनुसार यो अध्ययन पुरा हुन अझै केहि समय लाग्नेछ । उक्त अध्ययन पछि समितिले बल्ल जोखिममा आधारित पूँजी सम्बन्धी निर्देशिका, निर्देशन जारी गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS