IME Life

संचय कोषले पनि प्रदान गर्दै छ बीमा कम्पनी सरह सुविधा

SPIL
NIC ASIA

काठमाडौं । कर्मचारी संचय कोषमा आबद्ध ६ लाखभन्दा बढी कर्मचारीलाई कोषले बीमा कम्पनी सरह घातक रोग उपचार खर्च सहित स्वास्थ्य उपचार खर्चलगायतको सुविधा प्रदान गरिरहेको छ । कोषले संचयकर्तालाई संचयकर्ता स्वाथ्योपचार कार्यक्रम, सुत्केरी स्याहार खर्च र काजकिरिया खर्च, दुर्घटना मृत्यु क्षतिपूर्ती कार्यक्रममार्फत् बीमा कम्पनीसरह सुविधा उपलब्ध गराई रहेको छ ।

संचयकर्ता स्वास्थ्योपचार कार्यक्रम अन्तर्गत कोषले अस्पताल भर्ना भएर गराएको उपचारवापत एक आर्थिक वर्षमा बढीमा दुई पटक गरेर १ लाख रुपैयाँसम्म उपचार खर्च सोधभर्ना गर्दै आएको छ । शल्यकृया वापत ४० हजार रुपैयाँ, परिक्षण शुल्क, औषधी तथा उपकरण खरिदवापत ३० हजार, अस्पताल भर्नावापत प्रति दिन २ हजारको दरले एक पटकमा १५ हजार रुपैयाँमा नबढ्ने गरी बढीमा ३० हजार रुपैयाँ संचयकर्ताले सोधभर्ना प्राप्त गर्न सक्ने सुविधा रहेको छ ।

Prabhu
Crest

तर, सोधभर्नाको लागी न्यूनतम १० हजार रुपैयाँ उपचार खर्च भएको हुनुपर्छ । अस्पतालमा भर्ना हुँदा लागेको उपचार खर्च मात्र सोधभर्ना हुने कोषले उल्लेख गरेको छ । यसबाहेक हृदयघात, मृगौलाको खराबी, अर्बुद रोग, अल्जाइमर, पार्किन्सन, मस्तिष्कमा चोट, मेरुदण्डको चोट, सिकलसेल एनेमिया, कलेजोको खराबी, पक्षघात, ब्रेन हेमरेज र फोक्सो प्रतिस्थापन रोगको पहिचान भएको अवस्थामा उपचार खर्चवापत १० लाख रुपैयाँसम्म उपलब्ध गराउँछ ।

सुत्केरी स्याहार खर्चवापत बढीमा दुई पटकसम्म ७ हजार पाँच सय रुपैयाँको दरले सुत्केरी स्याहार खर्च उपलब्ध गराउँदै आएको छ । यसका लागी अस्पताल वा स्वास्थ्य चौकीले उपलब्ध गराएको नवजात शिशुको जन्म प्रमाणपत्र आवश्यक हुन्छ । संचयकर्ताको मृत्यु भएको अवस्थामा काजकिरिया खर्चवापत ४० हजार रुपैयाँ समेत उपलब्ध गराउँदै आएको छ । यसबाहेक दुर्घटनाको कारण निधन भएको अवस्थामा दुई लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराइरहेको छ ।

कोषका अनुसार २०७८ असार मसान्तसम्ममा संचय कोषमा ५ लाख ९८ हजार संचयकर्ता र अवकाश कोषमा २४ हजार १ सय सदस्य आबद्ध रहेका छन् । कोषले राष्ट्रिय बिमा कम्पनीमार्फत् बीमा कार्यक्रम संचालन गर्दै आएकोमा २०७६ साल मंसिरदेखि संचयकर्ता स्वास्थ्योपचार योजनामार्फत् आफैंले बीमा कम्पनी सरह सेवा प्रदान गर्न थालेको हो । यसअघि सञ्चयकर्ता औषधोपचार सहयोग कार्यक्रम, २०७० र सञ्चयकर्ता औषधोपचार तथा घातक रोग बीमा योजना, २०७५ अन्तर्गत कोषले स्वास्थ्य उपचार सेवाको लागी बीमा कम्प्नीमार्फत् सोधभर्ना उपलब्ध गराउँदै आएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS