IME Life

विराटनगर महानगरपालिकामा समिति, बीमा कम्पनीहरु कृषककोमा पुग्नै चाहदैनन्

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले विराटनगर महानगरपालिमा बीमा सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको छ । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको संयोजकत्वमा कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक शुशिलदेव सुवेदी, निर्देशक पुजन ढुङ्गेल अधिकारी लगायतको उपस्थिति थियो । त्यस्तै बीमा कम्पनीहरुको तर्फबाट महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, सगरमाथा इन्स्योरेन्सका चंकी क्षेत्री लगायत अन्य बीमा कम्पनीका स्थानीय शाखा कार्यालयका प्रमुखहरुको उपस्थिति थियो ।

Prabhu
Crest

विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली, उपमेयर इन्दिरा कार्की सहित वडा अध्यक्षहरु तथा स्थानीय तहका व्यवसायी, कृषक तथा सर्वसाधारण सहित ८० जना भन्दा धेरैको उपस्थिति थियो । कार्यक्रममा बीमा समितिका निर्देशक पुजन ढुङ्गेल अधिकारीले बीमा सम्बन्धी जानकारीमुलक प्रस्तुती दिएकी थिइन् ।

सहभागीहरुले कोरोना बीमा, स्वास्थ्य बीमा बोर्ड, कृषि तथा पशुपन्छी बीमा सम्बन्धमा प्रश्नहरु उठेका थिए । सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै अध्यक्ष सिलवालले स्वास्थ्य बीमा बोर्डको क्षेत्राधिकार बीमा समितिको नभएको प्रष्ट पारेका थिए । त्यस्तै कोरोना बीमाको दाबी भुक्तानीका लागि अर्थमन्त्रालय सँग आवश्यक समन्वय भइरहेको भन्दै सिलवालले छिट्टै यो टुङ्गिने जवाफ दिएका थिए ।

स्थानीय जनप्रतिनिधिहरुले कृषि बीमाका लागि आवस्यक समन्वय गरिदिन अनुरोध गर्दै यसका लागि स्थानीय निकायले गर्ने सक्ने कुराहरु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सहभागीहरुले बीमा कम्पनीहरु कृषकको घर दैलोमा पुग्नै नसकेको गुनासो गरेका थिए । स्थानीय प्रतिनिधिहरुले निर्माण क्षेत्रमा हुने बीमाको विषयमा जिज्ञासा राखेका थिए । बीमा समितिका प्रतिनिधिहरुले सार्वजनिक खरिद ऐनमै बीमा अनिवार्य भएकाले यसलाई पालना गर्नै पर्ने धारणा व्यक्त गरेका थिए । उनिहरुले उपभोक्ता सँग सम्बन्धित हरेक विषयमा बीमा अनिवार्य गरिनु पर्ने धारणा राखेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS